ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको संसदमा चेतावनी : बालुवाटारको ललिता निवास काण्ड लगायतका काण्डको छानबिन गर्न कसले रोक्यो ?


एबीसी न्यूज
७ जेष्ठ २०८०, आइतबार   २ : ०४   बजे

 

काठमाडौँ ७ जेठ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भष्ट्राचारीमाथि छानबिन गरी कारबाही गरिनेछ भन्ने कुराको कटाक्ष गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले भ्रष्टाचार भएका सबै विवादित काण्डहरूको छानबिन गर्न सरकारलाई चुनौती दिए ।उनले भने– ‘सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भनेको छ तर बालुवाटारको ललिता निवास काण्ड, मातातीर्थको जग्गा काण्ड, सर्दु जलाधार क्षेत्रको सट्टाभर्ना काण्ड, धोवीखोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद काण्ड, वाइड बडी काण्ड, क्यान्टोनमेन्ट काण्ड लगायतका विषयहरूमा जो विवादित छन्, अनुसन्धान र मुद्दा दायर गर्ने कार्य यथाशीघ्र गरिनेछ भन्न यो सरकारलाई कसले रोक्यो रु किन नगर्ने हो र ?’

ओलीले भने– ‘हामी भ्रष्टाचार यो समयको र उ समयको, यसले गरेको र त्यसले गरेको भन्दैनौँ । भ्रष्टाचार भ्रष्टाचार नै हो । यसको पद, जात, लिङ्ग र समय हुँदैन । इतिहासको जुनसुकै कालखण्डमा जो सुकैले गरेको भ्रष्ट्राचार छानबिनको दायरामा ल्याइनुपर्छ । सयौँ वर्षपछि पनि गलत कार्यको स्वीकारोक्ति, क्षतिपूर्ति र सजाय भइरहेका धेरै उदाहरण हामी विभिन्न देशमा भइरहेको देख्न सक्छौँ । यो सरकारले ढाकछोप गरेर इतिहासको विस्मृतिमा राखेर उन्मुक्त हुन खोजे पनि नेपाली जनताले छोड्ने छैनन् ।’ एक छिन भ्रष्ट्राचार ढाकछोप गरे पनि त्यसको असर फेरि फर्केर आउने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि सुनसरीका १५ जना सम्पर्कविहीन

लुम्बिनीमा भोटेकोसी बाढीपीडितको सम्झनामा विशेष प्रार्थना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu