ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दीपायलमा एकीकृत प्रजनन स्वास्थ्य शिविर


एबीसी न्यूज
८ जेष्ठ २०८०, सोमबार   २ : ३९   बजे

काठमाडौं, ८ जेठ । । दीपायलमा महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण तथा एकीकृत प्रजनन स्वास्थ्य शिविर सुरु गरिएको छ ।

डोटीको दीपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल परिवार नियोजन सङ्घ डोटी शाखाको आयोजना र नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा दीपायल सिलगढी नगरपालिका– १ तिखा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो ।

दीपायल सिलगढी नगरपालिकाका प्रमुख बाजिसिंह खड्काले स्वास्थ्य नै धन भएकाले नगरबासीको स्वास्थ्यमा पालिकाले विशेष ध्यान दिएको बताउनुभयो । शिविरमा परीक्षणका क्रममा रोग देखिएमा नलुकाइ समयमै उपचार गर्न उहाँले जोड दिनुभयो ।

शिविरमा पाठेघर खसेका महिलाको उपचार तथा स्क्रीनिङ, परिवार नियोजनको लामो अवधिको अस्थायी साधन सेवा, पाठेघरको मुखको सम्भावित क्यान्सरसम्बन्धी जाँच, यौन रोगको उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो । साथै गर्भवतीका लागि भिडियो एक्स–रे सेवा समेत उपलब्ध गराइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर खड्काले बताउनुभयो ।

शिविरमा सुजुङ अस्पताल राजपुरमा कार्यरत डाक्टर चेतन अवस्थीको नेतृत्वमा नेपाल परिवार नियोजन सङ्घ डोटीकी निम्ति प्रमुख कृष्णा साउद, जिल्ला अस्पतालमा कार्यरत मीना बम र नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सम्झना पछाइ, राजेश मालासीको टीमले शिविरमा सेवा दिँदैआएको छ ।

शिविर जेठ ८ गते खातीवडा स्वास्थ्य चौकी, जेठ ९ गते नगर स्वास्थ्य केन्द्र बाफि, जेठ १० गते नगर स्वास्थ्य केन्द्र, नारी दाङ, जेठ ११ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र पाकरी, जेठ १२ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र, बागठाटा र जेठ १४ गते कनेला स्वास्थ्य चौकीमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu