ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोग बाट दलमा सक्रिय ४ सहप्राध्यापकमाथि छानबिन


एबीसी न्यूज
९ जेष्ठ २०८०, मंगलबार   १० : १२   बजे

 

काठमाडौँ जेष्ठ ९— राजनीतिक दलमा सक्रिय त्रिभुवन विश्वविद्यालयका ४ सहप्राध्यापकमाथि निर्वाचन आयोगले कारबाहीका लागि छानबिन थालेको छ । कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका ३ सहित जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेका सहप्राध्यापकमाथि आयोगले छानबिन थालेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सम्बन्धित दल, विश्वविद्यालय र कार्यरत क्याम्पसलाई स्पष्टीकरण सोधिएको जनाए । ‘कानुनविपरीत सहप्राध्यापक राजनीतिक दलमा आबद्ध रहेको उजुरी प्राप्त भयो, छानबिन र कारबाहीका लागि स्पष्टीकरण पठाएका छौं,’ उनले भने, ‘जवाफ के आउँछ, त्यसपछि थप निर्णय हुन्छ ।’ कांग्रेसको शुभेच्छुक संस्था प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना, उपाध्यक्ष कृष्णकान्त पराजुली, महासचिव राजेन्द्र गौतम र समाजवादीका केन्द्रीय सदस्य उमाशंकर प्रसाद छानबिनमा तानिएका हुन् ।

उजुरी र आयोगले गरेको छानबिनमा संघमा आबद्ध ३ जना कांग्रेसको क्रियाशील सदस्य तथा २०७८ मा महाधिवेशन प्रतिनिधिमा चुनिएको भेटिएको थियो । कांग्रेसको विधानमा प्रजातान्त्रिक प्राध्यापक संघबाट ५ जना र नेपाल शिक्षक संघबाट ७ जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ । त्यही व्यवस्थाका आधारमा तिमिल्सिना, पराजुली र गौतम महाधिवेशन प्रतिनिधि चुनिएको संघमा आबद्ध एक प्राध्यापकले जनाए ।

महाविधेशन प्रतिनिधि चुनिएका संघका पूर्वअध्यक्ष वासु घिमिरे र प्रथम उपाध्यक्ष पृथ्वीविक्रम राईले भने त्रिविबाट अवकाश पाइसकेका छन् । तिमिल्सिना त्रिविको व्यवस्थापन केन्द्रीय विभागका सहप्राध्यापक हुन् । पराजुली संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा सहप्राध्यापक छन् । गौतम त्रिचन्द्र क्याम्पसको सहप्राध्यापक हुन् । सहप्राध्यापक उमाशंकर अर्थशास्त्र केन्द्रीय विभागमा कार्यरत छन् ।

निर्वाचन आयोगले गत बिहीबार उनीहरू आबद्ध दल, विश्वविद्यालयसहित कार्यरत विभाग र क्याम्पसलाई स्पष्टीकरण सोधेको हो । ‘विश्वविद्यालयमा कार्यरत प्राध्यापकलाई क्रियाशील सदस्यता वितरण गर्न मिल्ने हो भने, के कुन कानुनले सुविधा र अधिकार दललाई प्रदान गरेको छ रु,’ आयोगले कांग्रेस पार्टीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘विश्वविद्यालयमा कार्यरत प्राध्यापकलाई दलको सदस्यता प्रदान गरी महाधिवेशनमा सहभागी गराएकामा तपाईंलाई किन कारबाही नहुनु पर्ने हो रु’ स्पष्टीकरण पत्र पाएको ३ दिनभित्र जवाफ दिन पनि आयोगले निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उजुरी छानबिन गरी कारबाही थाल्न निर्देशन दिएको आयोगले जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा १४ मा स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई दलको सदस्यता प्रदान गर्न मिल्दैन । तर ठूला दलहरू कांग्रेस, एमाले, माओवादीनिकट प्राध्यापक शिक्षक नै केन्द्र र वडा तहसम्मको पार्टी कमिटीरसमितिमा आबद्ध र क्रियाशील हुँदै आएको पाइन्छ ।

त्रिवि उपकुलपति कार्यालय, व्यवस्थापन केन्द्रीय विभाग, त्रिचन्द्र क्याम्पस र वाल्मीकि विद्यापीठलाई सोधिएको स्पष्टीकरणमा प्राध्यापकले दलको सदस्यता प्राप्त गरी महाधिवेशनमा भाग लिन पाउने सुविधा सेवा सर्तमा छरछैन भनी सोधिएको छ । रौतहटका उमाशंकर समाजवादी पार्टीको केन्द्रीय सदस्य रहेको देखिएको आयोगले पुष्टि गरेको छ । आयोगले विश्वविद्यालयलाई सम्बन्धित प्राध्यापकहरू राजीनामा दिएर दलीय जिम्मेवारी गएको हो वा होइन भनेर प्रश्न सोधेको छ ।

त्रिवि शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० को परिच्छेद ९ मा शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने उल्लेख छ । सदस्यता लिई वा नलिई राजनीतिक निर्वाचनमा उम्मेदवार बन्नसमेत रोक लगाइएको छ । शिक्षा नियमावलीले पनि विद्यालय शिक्षकलाई राजनीतिक दलमा आबद्ध हुन रोकेको छ । तर निर्वाचन आयोगले शिक्षक, प्राध्यापक, कर्मचारीलाई दलको सदस्य र प्रतिनिधि बनाउने विधान बनाएका राजनीतिक दललाई नै मान्यता दिँदै आएको ती प्राध्यापकले आरोप लगाए । राजनीतिक दलका आन्तरिक निर्वाचनबाट प्राध्यापक, शिक्षक–कर्मचारी प्रतिनिधि, पदाधिकारीमा चुनिँदै आएका छन् । कानुनमा स्थानीय, प्रदेश, संघ तहको निर्वाचनमा सहभागी हुनेले मनोनयन दर्ताको १५ दिनअगावै सेवाबाट राजीनामा दिनुपर्ने उल्लेख छ ।

 

ह

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group