ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरणमा ‘करकापमा पारेर आफ्ना नेताहरुलाई पोल्न लगाएको’ ओलीको गम्भीर आरोप


एबीसी न्यूज
९ जेष्ठ २०८०, मंगलबार   ४ : ४०   बजे

 

काठमाडौँ ९ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा कारकापमा पारेर आफ्नो पार्टीका नेताहरूको नाम लिन लगाइएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भ्रातृ संगठनहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘नेपालमा छानबिन कसरी हुन्छ’भन्ने थाहा भएको बताएका छन् ।

‘एउटा सञ्जालको प्रयोग र मिडियालाई प्रयोग गरेर विभिन्न कुराहरू बजारमा छरेर यसलाई स्थापित गर्न योजनाबद्ध प्रयास भएर कारकापमा मानिसको नाम उच्चारण गर्न लगाएर एमालेलाई कसैले मुछ्न खोज्छ वा हिलो छ्याप्न खोज्छ भने एमालेलाई सह्य हुँदैन,’ ओलीले भने, ‘आरोप लगाइदिएपछि पुग्यो । हामीले छानबिन देखेका छौं रु थुप्रै कुरा भोगेर आएका छौं । त्यसै कारण परिवर्तन गर्न लागेका छौं ।’

कार्यक्रममा एमाले अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले संलग्न नभएको दाबी गरे । ‘नक्कली भुटानी शरणार्थी बनाउने विषयमा एकमुष्ट रूपमा भन्न चाहान्छु एमाले संलग्न थिएन, छैन र हुने छैन । भ्रष्टाचारको विषयमा एमाले संलग्न हुँदैन । यदि कसैले एमालेभित्र रहेर यसको आदर्श, यसको मूल्य मान्यताविपरीत, यसको उद्देश्यलाई आघात पुग्नेगरी यस वा कुनै प्रकारको अनुचित अनौतिक वा भ्रष्ट क्रियाकलाप गर्छ भने एमाले त्यस्तालाई कारबाही गर्न आफै अग्रसर हुन्छ र अघि बढ्छ । हामीलाई भ्रष्टाचार प्यारो हुन सक्दैन,’ ओलीले भने ‘भ्रष्टाचार देश, जनता, विकास, समाज र नैतिकता समाप्त पार्ने कुरा हो । भ्रष्टाचारले श्वास फेरे पनि मृत भइसकेको हुन्छ । आत्मा मरेको हुन्छ आत्मा मरेका बेइमानहरूको पार्टी होइन । त्यसकारण कुनै पनि कहीँ कतै दोषी हुन्छ साथ सहयोग दिन मात्रै होइन आफैं अग्रसर भएर पनि कारबाही गर्छ ।’

ओलीले देश राजनीतिक अफ्ठ्यारो अवस्थामा रहेको बताए । सामाजिक र आर्थिक रूपमा संकटमा रहेको भन्दै कार्यकर्ताहरुलाई सचेत रहन आग्रह गरे । ‘सरकार चलाउने खर्च  छैन । बजेट कसरी ल्याउने रहेछ ? सरकार चलाउने सेवा दिने काम हुन्छ । सरकार चलाउने अवस्थामा छैन । कर्मचारीले तनखा नपाउने अवस्था के गर्छ ? भोकै बसेर काम गर्छ ? यसमा सिंगै देश चनाखो हुनुपपर्ने अवस्थामा छ,’ उनले भने ।

सार्वजनिक संवादमा भाषाको स्तर खस्केको भन्दै ओलीले असन्तुष्टि जनाए । ‘भाषा अन्ततस् अशिष्ट, अमर्यादित, अभद्र र असामाजिक स्वीकार भाषा प्रयोग गरेर तब मात्रै आफ्नो कुरा सम्प्रेषण हुनसक्छ । गर्नै नसक्ने भएको छ । त्यस्तो घटिया र नराम्रो भाषा प्रयोग गरेर तल्लोस्तरको भाषा प्रयोग गरेर मात्रै आफ्नो कुरा सम्प्रेषण हुनसक्ने अब अश्लील बोलिन्छ वा कसैको अपमान गरिन्छ जबको कसैको विरुद्ध मर्यादाहीन ढंगले बोलिन्छ वा समाजिक मूल्य र मान्यताविरुद्ध गएर बोलिन्छ,’ ओलीले भने ‘हाम्रो सामाजिक प्रचलनहरु, भाषिक गहनताहरूलाई, महानतालाई क्षत विक्षत गर्ने तहमा बोलिन्छ । समाजले मूल्य मान्यता र संस्कृतिलाई कमजोर पार्दैछ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group