ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि राससको संस्कृतिसम्बन्धी तस्बिर प्रदर्शनी


एबीसी / संवाददाता
११ जेष्ठ २०८०, बिहिबार   ७ : ५८   बजे

काठमाडौँ, ११ जेठ । राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा आजदेखि तस्बिर प्रदर्शनी गर्दैछ । नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा सो प्रदर्शनीमा राखिने छन् ।

रासस केन्द्रीय कार्यालय, भद्रकाली प्लाजामा सुरु हुने सो प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुहुने छ । सो प्रदर्शनी यही जेठ १७ गतेसम्म चल्ने छ ।

प्रदर्शनीमा नेपालका सातै प्रदेश एवम् काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट गरिने छ । राससका फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजिया जस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीमा राखिने छन् ।

मुलुकका सबै भूगोलमा बस्ने सम्पूर्ण जाति, जनजाति, भाषाभाषी, सम्प्रदाय एवम् धर्मावलम्बीलाई एउटै राष्ट्रिय भावधारामा समाहित गर्न रासस सांस्कृतिक तस्बिर प्रदर्शनीले योगदान पु¥याउने विश्वास राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले व्यक्त गरेका छन् ।

संस्थाले यसअघि पनि आफ्ना वार्षिकोत्सव समारोहमा तस्बिर प्रदर्शनी गर्दैआएको छ । गणतन्त्र दिवसका अवसरमा संस्थाका नायब महाप्रबन्धक श्यामप्रसाद रिमालका संयोजकत्वमा रहेको तस्बिर प्रदर्शनी कार्यदलको संयोजनमा यस्तो प्रदर्शनी पहिलो पटक गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu