ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेवातालको चार किल्लाभित्र निर्माण कार्य नगर्न उच्च अदालत पोखराको आदेश


ABC NEWS
१८ जेष्ठ २०८०, बिहिबार   ९ : ५९   बजे

‘

पोखरा १८ जेठ । फेवातालको चार किल्लाभित्र कुनै प्रकारको व्यक्तिगत वा संस्थागत निर्माण कार्य नगर्न उच्च अदालत पोखराले बिहीबार अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यको एकल इजलासले तालको सिमानाभित्र कुनै प्रकारले डोजर चलाउने कार्य गर्न नदिन पोखरा महानगरपालिकाको नाममा आदेश जारी गरेको हो ।

‘फेवातालको चारकिल्ला क्षेत्रलाई जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा कायम राख्न, तत्कालका लागि निर्माण निषेध क्षेत्र घोषणा गरी उक्त क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गर्ने एक्स्काभेटर, टिपरलाई नियन्त्रणमा लिई सम्बन्धित चालकलाई समेत कारबाही गर्नुपर्ने’ आदेशमा उल्लेख छ ।

फेवातालको सिमसार क्षेत्रमा डोजर र टिपरको प्रयोग गरी जथाभावी जग्गा पुरेर घडेरी बनाउने क्रम बढेपछि अभिवक्ता मनोज घर्ती मगरले अतिक्रमण रोक्न माग गर्दै बुधबार रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले विपक्षी बनाइएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, ताल संरक्षण तथा विकास प्राधिकरणका प्रमुख कल्पना देवकोटा र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलगायतसँग लिखित जवाफ माग गरेको छ ।

आदेश कार्यान्वयनका लागि आवश्यक थप सुरक्षा प्रबन्धका लागि कम्तीमा प्रहरी निरीक्षकको नेतृत्वमा आवश्यक सुरक्षा समूह खटाउने र अनुगमन गराउने कार्य गर्न, गराउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई आदेश दिइएको छ । फेवातालको सीमा क्षेत्रभित्रको तत्कालको अवस्थाका बारेमा हाललाई साप्ताहिक रूपमा पतिवेदन लिई प्रतिवेदन प्राप्त मितिले ३ दिनभित्र आवधिक हिसाबले उक्त प्रतिवेदनको प्रतिलिपि अदालतलाई उपलब्ध गराउन महानगरका नाममा आदेश जारी गरिएको छ ।

रिट निवेदनका तर्फबाट बिहीबार वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर, रिट निवेदक अधिवक्ता मनोज घर्ती मगर, अधिवक्ता रच्चु आले र मिलन आलेले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group