ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिक्कल गाउँपालिका स्तरीय बाल भेला सम्पन्न


abc tv
२३ जेष्ठ २०८०, मंगलबार   २ : १८   बजे

सिन्धुली । फिक्कल गाउँपालिका स्तरीय बाल सन्जालको आयोजना फिक्कल गाउँपालिकाको आर्थिक तथा समन्वय र रिलिफ नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भयको छ ।

कार्यक्रममा ६ वटै वडा बाल क्लब र सन्जालको सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता गाउँपालिका स्तरीय बाल सन्जालको अध्यक्ष पबन श्रेष्ठको प्रमुख अतिथि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजेन्द कार्की कार्यक्रमको उद्देश्य पालिकाको प्रशासकीय अधिकृत सुलोचना लुइटेलले प्रस्ट पारेका थिए ।

बाल भेलामा उपस्थित बालबालिकाले यस्तो बाल भेलामा पहिलो पाटक आयोजना भएर कार्यक्रममा सहभागी हुन पाएको भन्दै खुसी ब्यक्त गर्दै अब गाउँपालिकाले बालबालिकाको आवाज पनि सुन्न थालेकोमा गाउँपालिका र रिलिफ नेपाल र वर्ल्ड्भिजनलार्इ धन्यवाद दिएका थिए ।

रिलिफ नेपालमा कार्यरत शान्ती बरालले बाल भेलालाई सहजिकरण गरेका थिए । आर्थिक वर्ष २०८०–०८१ को योजना तर्जुमा प्रक्रिया अन्तर्गत बाल भेला भएको हो । भेलाबाट स्थानीय तहको योजना प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता हुने बालबालिकाहरुले आफ्नो वास्तविक आवश्यकता र प्राथमिकता निर्धारण गर्न सक्ने, उनीहरुको आवाज सम्बन्धित तहको योजना प्रक्रियामा समावेश गरिने तथा स्थानीय तहको योजना तथा कार्यक्रमहरु बालबालिका केन्द्रित बनाउन सहयोग पुग्ने अपेक्षा राखी बाल भेला आयोजना गरिएको रिलिफ नेपालको शान्ति बरालले जानकारी गराए ।

कार्यक्रममा फिक्कल वडा नम्बर ३ को वडा अध्यक्ष र गाउँपालिकामा कार्यरत प्रमुख प्रसासकीय अधिकृत राजेन्द्र कार्की, प्रसासकिय अधिकृत सुलोचना लुइटेलको उपस्तिथि थियो ।

वडा अध्यक्ष टेक बहादुर रजन मगरले बाल भेलाको प्राथमिकिकरणबाट आएको ६ वटा योजनाहरु जसरी पनि कार्यपालिकाबाट स्वीकृत गराउने र योजना लागू गर्ने प्रतिबद्धता जनाएका छन् । फिक्कल गाउँपालिकाले २०८१ सम्म गाउँपालिकालाई बाल मैत्रीगाउपालिका बनाउन लक्ष्य लिएको हुँदा यस कार्यमा बालबालिकाको ठूलो भुमिका हुने हुदा बाल क्लबका भाइबहिनीलाई जागरुक पनि गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu