ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान


एबीसी न्यूज
२९ जेष्ठ २०८०, सोमबार   १ : ३४   बजे

काठमाडौं, २९ जेठ । गोरखाका विभिन्न चार प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिकाभित्र रहेका मनकामना , बुङ्कोट , राइनास र ताक्लुङ प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।

गाउँपालिकाले प्रहरीचौकीलाई विपद्का लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री मल्टिपर्पोज नाइफ, लाइफ ज्याकेट, रेस्क्यु रोप, फायर एक्स्टीङगुइसर सामग्री उपलब्ध गराएको उहाँले बताउनुभयो ।

त्यस्तै फायर फाइटिङ सुट, फायर प्रुफ गम्वुट,लगायतका २१ प्रकारका विपद् प्रतिकार्य सामग्री प्रहरीचौकीलाई उपलब्ध गराएकोे अध्यक्ष थापामगरको भनाइ छ । प्रहरीचौकीलाई प्रदान गरिएको विपद् प्रतिकार्य सामग्री करिब रु १५ लाख बराबरको रहेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सहमति नेपाल नामक संस्था तथा गाउँपालिकाको संयुक्त सहकार्य र समन्वयमा सामग्री खरिद गरेर वितरण गरिएको अध्यक्ष थापामगरले बताउनुभयो । “विपद् प्रतिकार्य सामग्री सामग्रीको अभावमा विपद्का बेला सुरक्षाकर्मीलाई कार्य गर्न समस्या नहोस् भने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो, उहाँले भन्नुभयो, “आवश्यक स्रोत साधन भएमात्र प्रहरीलाई जस्तोसुकै विपद्मा भूमिका खेल्न सहज हुनेछ भन्ने हाम्रो विश्वास छ ।”

गाउँपालिकामा कार्यक्रमको आयोजना गरी आइतबार गाउँपालिका अध्यक्ष थापामगरले प्रहरीचौकीलाई सामग्री हस्तान्तरण गर्नुभएको स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रका सम्र्पक व्यक्ति मेघनाथप्रसाद यादवले जानकारी दिनुभयो । सामग्री वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरलगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group