ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट अल्मलिएको र छरिएको भन्ने सांसदहरुलाइ अर्थमन्त्रीको जवाफ (भिडियो)


एबीसी न्यूज
३० जेष्ठ २०८०, मंगलबार   ९ : ३८   बजे

काठमाडौं । आगामी आर्थिक वर्षका लागी सार्वजनिक बजेटमाथि सोमवार अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएका छन । अर्थमन्त्री महतले संघीयता कार्यान्वयन गर्नतर्फ केन्द्रीत भएर बजेट आएको बताएका छन् । डा. महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिदै बजेट अल्मलिएको र छरिएको भन्ने सांसदहरुको भनाई आलोचनाका लागि मात्रै भएको बताए । समयानुकुल अर्थतन्त्रको अवस्था हेरेर स्रोतले भ्याएसम्म बजेटले सम्बोधन गरेको अर्थमन्त्रीको आसय थियो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैया बराबरको बजेट सार्वजनिक गरेका थिए । जेठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि जेठ २१ गतेदेखि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको हो । करिब हप्तादिन भएको छलफलमा भाग लिने अधिकाँसले यसको विरोध नै गर्न भ्याय । विरोध गर्नेमा प्रमूख प्रतिपक्षीदेखि सत्तारुढलका अधिकांश सांसद छन् । केही सांसदहरुले समय अनुसार बजेट उपयुक्त आकार र प्राथमिकतासहित आएको प्रतिकृया दिएका छन् । विनियोजित बजेट लगत्तै प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा सोमवार डा. महतले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन । बजेटको आकार, राजस्व परिचालन, पुँजीगत खर्च, परिमार्जित कर प्रणाली, सार्वजनिक ऋण, परियोजना छनोट र बजेट कार्यान्वयनकै सवालमा संसदमा उठेको प्रश्न तथा जिज्ञासामा जवाफ दिँदै अर्थमन्त्री डा.महतले वर्तमान कठिन परिस्थिति र चुनौतीलाई मनन गर्दै संंयमित र सजग भएर आर्थिक वर्षको बजेट ल्याइएको दावी गरे ।

सार्वजनिक ऋणको दायित्व बढेकै कारण, वैदेशिक सहयोग र राजस्वलाई समेत ध्यानमा राखेर चालु आर्थिक वर्षको भन्दा २.३४ प्रतिशत कम बजेट ल्याएको डा. महत बताउ“छन । सांसदहरुले घटेरै आएको बजेटप्रति पनि कार्यन्वयनमा चुनौती रहेको बताउ“दै गर्दा आर्थिक वर्षको बजेट वास्तविक आर्थिक स्थिति, बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनलाई अत्यन्त गम्भीरतापूर्वक संयमित भएर नै ल्याएको भन्दै अर्थमन्त्री डा. महतले बजेटमा सशंकित नहुन सांसदहरुलाई आग्रह समेत गरे । खर्च कटौतीका हिसाबले बजेटले अनावश्यक संस्थाहरू खारेज गर्ने निर्णय भएकोमा यसको विषयमा समेत प्रश्न आएको बताउ“दै अर्थमन्त्री डा.महतले आवश्यकता र औचित्यलाई हेरेर निर्णय गरिएको बताए ।
विभिन्न उपभोग्य वस्तुमा लागेको करका विषयमा संसदमा उठेका प्रश्नमा उत्तर दिँदै अर्थमन्त्री डा.महतले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न र आयात निरुत्साहन गर्नकै लागि तरकारीजन्य वस्तुहरूमा भ्याटको व्यवस्था गरिएको बताए । यस्तै, विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पा“च वर्गमा छुट्ट्याएर कर लगाएको प्रस्टीकरण दिएका छन् । चालु आर्थिक वर्षको भन्दा बजेट घटेरै आएपनि कार्यन्वयनमा चुनौती देखिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन । त्यस्तै, अर्थमन्त्री महतले मुलुकमा विद्यमान अर्थतन्त्रका समस्या र चुनौती ठिक ढँगले पहिचान गरेर समाधानका उपायहरू अघि सार्न नसकेको, अवस्थामा राजश्व संकलन लक्ष्य अविश्वसनिय रहेको आरोप समेत खेप्दै छन । यसैपनि, बजेट आफै“मा सबथोक होइन, एउटा वैधानिक दस्ताबेज हो । बजेटमा लेखिएका कुराभन्दा त्यसको कार्यान्वयन कसरी हुन्छ भन्ने महत्वपूर्ण हुन्छ । बजेट लगत्तै बजेटमाथी विश्लेषणभन्दा पनि बजेटको कार्यान्वयनमा सहजता कसरी ल्याउने भन्ने कुरालाई महत्व दिने हो भने पक्कै पनि बजेटमा प्रस्तुत बिषय समयमै र सहजै सम्बोधन हुन सक्लान ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group