ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ वैज्ञानिकले सुपर कम्प्युटरभन्दा १८ करोड गुणा शक्तिशाली क्वान्टम कम्प्युटर बनाए


ABC NEWS
३१ जेष्ठ २०८०, बुधबार   ३ : १४   बजे

काठमाडौं ३१ जेठ । चिनियाँ वैज्ञानिकले बनाए सुपर कम्प्युटरभन्दा १८ करोड गुणा शक्तिशाली क्वान्टम कम्प्युटर

काठमाडौं । चिनियाँ वैज्ञानिकले क्वान्टम कम्प्युटिङमा अर्को कोसेढुङ्गा हासिल गरेको दाबी गरेका छन् ।
उनीहरूले आफ्नो ‘जिउजाङ क्वान्टम कम्प्युटरु आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’ सम्बन्धीका काममा विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरभन्दा १८ करोड गुणा शक्तिशाली भएको घोषणा गरेका हुन् ।
जिउजाङ क्वान्टम कम्प्युटरलाई डाटा माइनिङ, जैविक जानकारी पत्ता लगाउन, नेटवर्क विश्लेषण गर्न र रासायनिक मोडलिङजस्ता अनुसन्धानमा प्रयोग गर्न सकिने उनीहरूले बताएका छन् ।

‘हाम्रो काम अहिलेका मध्यम क्षमताका क्वान्टम कम्प्युटर प्रयोग गरी वर्तमान विश्वका समस्या समाधान गर्नेतर्फको कदम हो,’ चीनको विज्ञान र प्रविधि विश्वविद्यालयका भौतिकशास्त्री प्यान जियानवे नेतृत्वको टिमले भनेको छ ।
प्यान जियानवेलाई चीनमा क्वान्टमका पिता भनेर समेत भनिन्छ ।

यससम्बन्धी चिनियाँ अन्वषेकको लेख गत महिना ‘फिजिकल रिभ्यू लेटर जर्नलमा प्रकाशित भएको थियो ।
चिनियाँ अन्वेषकको टोलीले सामान्य कम्प्युटरका लागि चुनौतीपूर्ण समस्या क्वान्टम कम्प्युटरबाट समाधान गरेका थिए । उक्त समस्या समाधान गर्न क्वान्टम कम्प्युटरले दुई लाख भन्दा बढी नमुना ९स्याम्पल० प्रशोधन गरेको थियो ।
अन्वेषकहरूले क्वान्टम कम्प्युटरलाई ‘रेन्डम सर्च’ र ‘सिमुलेटेड एनिलिङ’ गर्न लगाएका थिए । एल्गोरिदमबाट यसरि खासगरी एआईमा मात्रै काम गरिन्छ ।
हालको सबैभन्दा तीव्र क्लासिकल सुपर कम्प्युटरले प्रत्येक नमुना समाधान गर्न ७०० सेकेन्ड लगाउँछ । यसको अर्थ दुई लाख नमुना प्रशोधन गर्न सुपर कम्प्युटरबाट करिब पाँच वर्ष लाग्ने छ ।
जिउजाङ क्वान्टम कम्प्युटरले भने यी सबै नमुना एक सेकेन्डभन्दा कम समयमा समाधान गरेको हो ।
यसअघि क्वान्टम कम्प्युटरले कुनै पनि समस्या समाधान गर्न एल्गोरिदमसँगै काम नगर्ने चुनौती भएको भनिएको थियो । तर, यो अझै पनि कुन हदसम्म सफल भयो भन्ने प्रश्न बाँकी रहेको चिनियाँ अन्वेषकहरूको अनुसन्धान लेखमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu