ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोमा पुरिएकी बालिकाको छ घण्टापछि जीवितै उद्दार


abc tv
३ असार २०८०, आइतबार   ११ : ३१   बजे

फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका ३ मा पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टापछि सकुशल उद्धार गरिएको छ।

गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन् ।

उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

पहिरो आउँदा मनप्रसाद भने घरबाहिर थिए।

‘म पिसाब गर्न घरबाहिर निस्केको थिएँ । त्यहीबेला पहिरोले मसँगै सुतेकी नातिनी सहित घर पुर्‍यो,’ मनप्रसादको भनाइ उद्धृत गर्दै एक प्रहरीले भने।

फालेलुङमा गएराती अविरल वर्षासङै आएको बाढिपहिरोले हिवाखोलामा अवस्थित मोटरेबल २ वटा पुल, झोर्लुङ्गे पुल १ र २ वटा जेविवी बगाइसकेको छ।

फालेलुङ ७ देखि फालेलुङ ३ माछेबुङमा जोडिने घुमाउनेटारको निर्माणाधीन मोटरेबल पुल पनि बाढीले बगाएको छ । पुल बनाउन प्रयोग गरिएका दुइवटा जेसिवी पनि बगाएको प्रहरीले जनाएको छ ।

यस्तै फालेलुङको वडा नम्बर ५ र ३ जोड्ने माछेबुङ मोटरेबल पुल पनि बाढीले बगाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी: कर्णालीका २१६ मध्ये ३१ जनाको भयो सम्पर्क

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu