ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीमा नेपालकै पहिलो बालिका सम्मेलन सम्पन्न


abc tv
३ असार २०८०, आइतबार   ११ : ४९   बजे
  • सुधा गुरुङ्ग

चन्द्रनगर गाउँपालिका, सर्लाहीमा नेपालकै इतिहासमा पहिलोपटक बालिका सम्मेलन सम्पन्न भएको छ । नेपालका ७५३ पालिकामध्ये चन्द्रनगर नै यसरी बालिका सम्मेलन आयोजना गर्ने पहिलो पालिका बन्न सफल भएको छ ।

कार्यक्रम संचालन कुशलतापूर्वक स्थानीय एक किशोरीले गरेकी थिइन । मुसहर समुदायका महिला–पुरुषहरु, किशोर–किशोरीहरुले राजनैतिक दलहरु र जन प्रतिनिधिहरु बीचको आन्तरिक द्वन्द र खिचातानीले गर्दा पूर्वनिर्धारित योजना अनुसार कार्यक्रम संचालन गर्न नसकेकोमा असन्तुष्टि र दुखेसो प्रकट गर्दै जनताको भावनासँग खेलवाड नगर्न चेतावनी दिएका थिए ।

गत बर्षको बार्षिक कार्य योजनामा समावेश गरिएका कार्यक्रमहरु जस्तै छात्रबृत्ति बितरण कार्यक्रम यथासक्य शीघ्र कार्यान्वयन गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा बेलायतबाट राधा पौडेल फाउन्डेशनमा मर्यादित महिनावारीमा ईन्टर्नशीप गर्न आएकी बिद्यावारिधीकी बिद्यार्थी अबिगेल लेनोक्सले आफ्नो मन्तब्य राखेकी थिइन । उनले लैंगिक समानताका लागि घर, स्कूल र सबै किसिमका कार्यालयहरुमा मर्यादित महिनावारीको सम्बन्धमा छलफल, बहस र कुराकानी गर्नुपर्ने आजको आवश्यकतामाथि प्रकाश पारेकी थिइन ।

त्यस्तै मर्यादित महिनावारी यूके च्याप्टरकी संयोजक तथा सञ्चार अभियन्ता सुधा गुरुङ्गले महिनावारी बिभेदले घरैदेखि छोरा र छोरी बीचमा भेदभावको खाडल खडा गर्दै बाल बिबाह, बलात्कार, हिंसा निम्त्याउने भएकोले हरेक बाबुआमाले मर्यादित महिनावारीबारे छलफल र वार्ता चलाउन जरुरी भएको स्पस्ट पारिन् ।

मन्तब्यकै क्रममा मर्यादित महिनावारी अभियानका प्रणेता एवम लेखक डा. राधा पौडेलले मर्यादित महिनावारी राजनैतिक अधिकार भएकोले स्थानीय सरकारले मर्यादित महिनावारीलाई पालिकाको आवधिक तथा बार्षिक कार्यक्रममा समावेश गरी पालिकालाई मर्यादित महिनावारी मैत्री पालिका बनाउन आव्ह्वान गरिन ।

कार्यक्रमको अन्तमा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बालिका अथवा महिलाहरुको घर–घरमा मर्यादित जीवन जिउन सक्ने वातावरण नभएकोले आफ्नो पालिकामा मात्रै नभइ मधेश प्रदेशमै महिलाहरु पछाडि परेको तथ्य प्रस्ट पारे । उनले आगामी बार्षिक योजनामा मर्यादित महिनावारी अभियानलाई समावेश गर्दै आफ्नो पालिका उत्कृष्ट पालिका बनाउने प्रतिबद्धता जाहेर गरे ।

४० डिग्रीको प्रचन्ड तापक्रममा पनि चन्द्रनगरका ७ वटा वडाहरुबाट झन्डै ३ हजारको हाराहारीमा अत्यधिक महिला, पुरुष तथा बालबालिकाहरुको सहभागिता रहेको थियो । बिपन्न पिछडिएका मुसहर समुदायको बाहुल्य रहेको चन्द्रनगरमा अध्यक्ष महतोले आफ्नो एक बर्षे कार्यकालभित्रै शिक्षा, स्वास्थ्य र बिकास निर्माणका क्षेत्रमा धेरै कुराहरुमा सुधार गराएको कुरा आज उपस्थित जनसमुदायले आफ्नो मन्तब्यमा स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu