ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनमन्त्री सुदन किरातीले चिनियाँ पाहुनालाई स्वागत गर्दै भने ‘भान्जाभान्जीलाई नमस्कार’


एबीसी न्यूज
६ असार २०८०, बुधबार   २ : २७   बजे

काठमाडौं ६ असार । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर विमानमा आएका चिनियाँ पाहुनालाई बुधबार पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत संघसंस्थाले पोखरा विमानस्थलमा स्वागत गरे ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहित ७ सांसद त्यही विमानमा चीनबाट पोखरा आए । विमानस्थल उद्घाटनको ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय उडान भएकोले पनि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य स्वागतमा पुगेका थिए । स्वागत कार्यक्रममा भाग लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छन सोङ पोखरा विमानस्थल पुगे ।

चिनियाँ दूतावास, पर्यटन बोर्ड, पोखरा महानगर, पोखरा पर्यटन परिषद्, चाइनिज नेपाल एसोसियसनको संयुक्त आयोजनामा ८ र ९ गते फेवातालमा हुने ड्रागन बोट रेस फेस्टिभलमा भाग लिन ८४ जना चिनियाँ पोखरा आएका हुन् ।

स्वागत कार्यक्रममा पर्यटनमन्त्री किरातीले चीन र नेपालबीच १ हजार ५ सय वर्ष पुरानो सम्बन्ध रहेको चर्चा गरे । उनले तिब्बती राजा स्रङचङ गम्पो र नेपालकी राजकुमारी भृकुटीबीचको विवाहको प्रसंग निकाले । ‘नेपालमा चिनियाँ आउँदा हामीलाई पाहुना आएजस्तो लाग्दैन, भान्जाभान्जी आएजस्तो लाग्छ,’ उनले चिनियाँ पर्यटकतिर फर्किएर सोधे, ‘के तपाईंहरूलाई मामा घर आएजस्तो लाग्दैन रु’

उनले बीपी कोइराला र माओबीच भएका सम्झौताहरूको स्मरण गर्दै प्राकृतिक सिमानाजस्तै चीन र नेपालबीचको सम्बन्ध पनि अग्लो रहेको बताए । चार्टर उडान लामो यात्राको पहिलो पाइला भएको बताउँदै उनले व्यावसायिक उडानलाई निरन्तरता दिनु ठूलो कुरा रहेको उल्लेख गरे ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्यले व्यावसायिक उडानलाई निरन्तर बनाउनुपर्ने, कोरला नाका खोलेर व्यापारिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए ।

राजदूत छन सोङले अन्तर्राष्ट्रिय चार्टर उडानले नेपाल र चीनबीच ‘कनेक्टिभिटी’को नयाँ अध्याय सुरु भएको बताए । ‘कनेक्टिभिटी बीआरआईको महत्त्वपूर्ण पक्ष हो,’ उनले भने, ‘ट्रान्स–हिमालय बहुआयामिक कनेक्टिभिटी सञ्जालको महत्त्वपूर्ण पक्षका रुपमा पोखरा विमानस्थल सञ्चालन भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu