ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विषाक्त खाना खाँदा गिद्धको मृत्यु


एबीसी न्यूज
९ असार २०८०, शनिबार   १२ : २३   बजे

 

काठमाडौ असार ९ । नवलपरासी ९ बर्दघाट–सुस्तापूर्व को कावासोतीमा विषाक्त खानाका कारण गिद्धको मृत्यु भएको पाइएको छ । कावासोती नगरपालिका–३ केरुङ्गे खोला नजिक मङ्गलबार लोपोन्मुख चार डङ्गर गिद्ध मृत भेटिएका थिए ।

“गिद्ध मृत भेटिएको ठाउँ नजिकै स्यालसमेत मरेको भेटिएको थियो” संरक्षणकर्मी डिबी चौधरीले भन्नुभयो, “पोष्टमार्टम रिपोर्टबाट विषाक्त खानाको कारण गिद्ध मरेको पुष्टि भएको छ ।” विषादीयुक्त खाना खाएर स्याल मरेको र सोही स्यालको सिनो खाएका कारण गिद्धको मृत्यु भएको पाइएको छ ।

“गिद्ध संरक्षणमा विषादी प्रयोग चुनौतीपूर्ण बनेको छ”, चौधरीले भन्नुभयो, “यस क्षेत्रमा गिद्ध मरको चार महीनायता यो दोस्रो घटना हो ।” गत फागुनमा समेत विषाक्त खानाका कारण यहाँ पाँच डङ्गर प्रजातिका गिद्ध मरेका थिए । प्रकृतिको कूचीकारको रुपमा रहेको लोपोन्मुख प्रजातिको गिद्ध संरक्षण गर्नु सबैको कर्तव्य भएको चौधरी बताउनुहुन्छ ।

यस विषयमा गम्भीर भएर सोच्न सरोकारवाला सबैलाई उनले आग्रह गरे । गाईबस्तुलाई दुखाइ कम गराउन खुवाइने प्रतिबन्धित औषधि तथा स्याल मार्न प्रयोग गरिने विषादीका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ । गिद्ध मृत भेटिएको केरुङ्गे खोलाबाट नजिकैको दूरीमा गिद्ध संरक्षण गर्न निर्माण गरिएको पिठौलीको जटायु रेष्टुरेन्टसमेत पर्दछ । यस क्षेत्रमा ठूलाठूला सिमलका रुख रहेकाले गुँड बनाउन र बस्न गिद्धका लागि उक्त ठाउँ उपयुक्त रहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group