ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादी मोर्चा बनेकोमा देउवाजी खुसी : माधव नेपाल


ABC NEWS
१० असार २०८०, आइतबार   ८ : ४२   बजे

जनकपुर १० असार । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको दाबी गरेका छन् ।

‘कांग्रेस सभापति देउवाजी मोर्चा गठनले दुस्खी हुनु भयो भनेर गरिएको प्रचारमा अलिकति पनि सत्यता छैन,’ अध्यक्ष नेपालले भने, ‘मलाई कांग्रेस सभापति देउवाजीले भेटेर समाजवादी मोर्चा गठन गरेको सुनेर म अत्यन्त खुसी भएँ भनेर प्रतिक्रिया दिनु भयो ।’

गृहजिल्ला रौतहट आएका अध्यक्ष नेपालले गौर नगरपालिकाको आइतबार सुरु भएको १२ औं नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै समाजवादी मोर्चा गठनले केही व्यक्तिको होस हवास नै उडेको टिप्पणी गरेका थिए ।

साथै कांग्रेस सभापति देउवाले समेत मोर्चाको विरोध गरेको भन्दै केही मिडियामा झुठो समाचार आएको उनको भनाइ थियो ।

‘बाहिर मिडियामा झुठो प्रचार गरियो । सिँगापुर पुगेर देउवाले मोर्चा गठनको विरोध गरे भनेर प्रचार गरियो । यो सरासर गलत हो,’ उनले भने ।

यस क्रममा अध्यक्ष नेपालले अब हातमा हात मिलाएर अघि बढ्नु पर्ने भन्दै देउवाले सुझाव दिएको पनि बताएका थिए । मोर्चा गठनले केहीको ुनिद हरामु भएको र केहीलाई हैरान गरेको पनि उनको जिकिर छ ।

‘अब मिलेर जानु बाहेक विकल्प छैन । मिलेर जानु पर्छ भन्ने हाम्रो पनि उद्देश्य हो । फुटेको खण्डमा देश र जनतामाथि घात हुन्छ,’ उनले भने ।

अध्यक्ष नेपालले गौर नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै स्थानीय तहले गरेको विकास निर्माणको काममा हुने अनियमितताको निगरानी गर्न स्थानीयालई अनुरोध गरेका थिए । ‘विकासको नाममा भ्रष्टाचार हुन सक्छ तपाइँहरू निगरानी गर्नुस्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित ६ जिल्लामा नदी किनारबाट टाढा रहन अमेरिकी दूतावासको आग्रह

रसुवाको बाढी–पहिरोमा ८२६ जना अझै सम्पर्कविहीन, १६५ शव फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu