ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानलाई अनुदानमा भैँसी वितरण


एबीसी न्यूज
१२ असार २०८०, मंगलबार   ७ : ४८   बजे

काठमाडौ असार १२ । चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो ।

किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले जानकारी दिए। उनले भैँसीसँगै किसानलाई चापाकटर, पानी तान्ने मोटर, ठेलागडा र औषधिसमेत वितरण गरिएको बताए । चार जनालाई चापाकटर, एक जनालाई ठेलागाडा, दुई जनालाई पानी तान्ने मोटर, १६ किसानलाई औषधि वितरण गरिएको छ ।

अधिकृत पौडेलका अनुसार नगरमा सङ्घीय सरकारको सहयोगमा भैँसी पकेट क्षेत्र सञ्चालन गरिएको छ । पकेट क्षेत्र सञ्चालनका लागि साइराम पशुपालन फार्म समूह गठन गरी काम गरिएको छ । समूहमा रहेका १६ किसानले गोठमा कम्तीमा एक सयवटा भैँसी र दैनिक एक हजार लिटर दूध उत्पादन गर्नुपर्ने हुन्छ ।

पकेट क्षेत्रका १६ किसानको गोठ निर्माण तथा मर्मतको काम गरिएको उहाँले जानकारी दिए । कार्यक्रम सञ्चालनपश्चात पशुपालन क्षेत्रमा लाग्ने किसान उत्साहित भएको उनको भनाइ छ ।

जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । उनले किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर सहयोग गरिरहेको जानकारी दिए ।

किसानलाई व्यावसायिक पुष्पखेती तालिम

चितवनको रत्ननगरका किसानलाई व्यावसायिक बनाउन पुष्पखेती तालिम दिइएको छ । रत्ननगर नगरपालिका–९ को आयोजना र पुष्प विकास केन्द्र गोदावरी ललितपुरको प्राविधिक सहयोगमा आइतबार प्रशिक्षण दिइएको हो ।

सहभागी ५१ किसानलाई खेती गर्ने तरिका र बजारीकरणका बारेमा प्रशिक्षण दिइएको थियो । तालिममा किसानलाई माला उन्नसमेत सिकाइएको वडाध्यक्ष अनन्त अधिकारीले जानकारी दिए। “सयपत्री फूलखेतीमा मात्रै आत्मनिर्भर बन्न सके पनि धेरै पैसा बचत हुन्छ”, उहाँले भन्नुभयो, “वडाले किसानले उत्पादन गरेको फूलको बजारीकरणका लागि पनि सहयोग गर्नेछ ।”

फूल उत्पादन गरी बजारीकरण गरेर आर्थिकरूपमा धेरै किसान सबल भइरहेको उल्लेख गर्दै अब रत्ननगरमा पनि व्यावसायिक फूलखेती विस्तारमा पालिकाले जोड दिएको कृषि शाखा प्रमुख प्रविन लामाले बताए । उनले धेरै किसान पछिल्लो समय पुष्पखेतीमा आकर्षित भएको बताए ।

समुदायमा आधारित चोरी–सिकारी नियन्त्रण युवा जागरण अभियान बछौलीका अध्यक्ष वसन्त रानाले प्लास्टिकजन्य फूल आयातलाई निरुत्साहित गर्न पुष्पखेती विस्तार अनिवार्य रहेका कारण तालिम महत्त्वपूर्ण भएको बताए । उनले यस्ता तालिम निरन्तर सञ्चालन हुनुपर्ने बताए । तालिमका सहभागीलाई पुष्पविज्ञ सुधीर श्रेष्ठ, वासुसिंह साउद र सुमन्त पोखरेलले प्रशिक्षण दिएका छन । ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group