ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ


एबीसी न्यूज
१२ असार २०८०, मंगलबार   ११ : ५८   बजे

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।

उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा उनको नाम मुछिएको थियो। गुरुङले उक्त जग्गामा लगानी गरेका थिए। सो जग्गा अहिले पनि उनले स्टोरका रूपमा प्रयोग गर्दै आएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा भाटभटेनीका सञ्चालक गुरुङमाथि अख्तियारले ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरेको छ।

केही समय अगाडि गुरुङले एक अनलाइनसंग कुरा गर्दै आफ्नो सफलता यसरी बताएका थिए :

मैले आफ्नो विश्व विद्यालयको पढाइ सकिसकेपछि जीबनसाथी रोजेँ । र, २०४१ सालमा १० वाई १२ को एउटा सानो कोठाबाट ब्यवसाय शुरु गरेँ ।

मैले किन यो कुरा भनेको हुँ भने पैसा नभएर ब्यापार व्यवसाय गर्न पाइएन भन्ने हाम्रा भाइबहीनीहरुलाई उत्प्रेरणा मिलोस् भनेर । सानो लगानीमा पनि व्यवसाय सञ्चालन गरेर ठूलो साम्राज्य स्थापना गर्न सकिन्छ भन्ने यो मेरो आफ्नै उदाहारण पनि हो ।

कुनैपनि व्यवसाय गर्दा सफा क्षेत्र रोज्नु पर्छ । आफूले गर्ने व्यवसाय र क्षेत्र सफा भएन भने त्यो सफल हुँदैन । तपाईंको घरमा जतिसुकै मिठो भोजन बनाउनुहोस् । सफा छैन भने खानलाई कोही पनि आउँदैनन् । मेरा गुरुहरुले व्यवसायमा वातावरण राम्रो हुनुपर्छ भन्नुहुन्थ्यो । वातावरणको सबैभन्दा पहिलो बुँदा भनेको सफा हो । वातावरण सफा भएर मात्रै पुग्दैन आफ्नो मन पनि सफा हुनुपर्छ । म कोप्रति जिम्मेवार छु भनेर पहिले पहिचान गर्नुपर्छ । देश र उपभोक्ताप्रति जिम्मेवार हुनुपर्छ । र, इमानदारपूर्वक काम गर्नुपर्छ । त्यतिले मात्रै पुग्दैन धेरै नै कडा मिहेनत गर्नुपर्छ । कडा परिश्रम बिना कुनैपनि मान्छेले सफलताको शिखर चुमेको छैन ।

र, अर्को महत्वपूर्ण कुरा के छ भने व्यवसाय गर्ने मान्छेले तत्कालै प्रतिफल खोज्नु हुँदैन । प्रतिफलको आशा विस्तारै गर्नुपर्छ । राज्यप्रतिको उत्तरदायित्व हुनुपर्छ । करमा पारदर्शी भएर व्यवसाय गर्नुपर्छ । बेलाबेलामा धेरै साथीभाईहरुले भाटभटेनीको पैसा दायाँबायाँको हो कि भनेर प्रश्न गर्नुहुन्छ । यो सब झुट कुरा हो । हामी पारदर्शी छौं । पारदर्शी भएका करणले गर्दाखेरी नै नेपालमा भएका सबै बैंकहरुले भाटभाटेनीले मेरो बैंकसँग कारोबार गरिदियोस् भन्ने चाहन्छन् । बैंक भनेको व्यवसायीको ब्याकबोन हो । यो कुरालाई राम्रोसँग ख्याल गर्नुपर्छ ।

हामीले आफ्नो पहिचान आफैं बनाउने हो । मिनबहादुर गुरुङले ३५ हजार पुँजीबाट अर्बौंको कारोबार गर्छ । हजारौंलाई रोजगारी दिएको छ । म कुनै व्यवसायीक घरानाको व्यक्ति होइन । खोटाङको सामान्य किसान परिवारमा जन्मिएर आफ्नो आवश्यकताका लागि व्यवसाय शुरु गरेको हुँ । म यसरी ठूलो व्यवसायी बनौंला, धन कमाउँला भन्ने त सोचेकै थिइँन ।

आवश्यकता पूरा गर्न व्यवसाय शुरु गरेको मान्छेले पनि आज भाटभाटेनीलाई राम्रो संस्था बनाउन सकेछ । मलाई यसमा गर्व लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group