ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालिमाटी तरकारी बजारमा चिनियाँ अर्बपति ज्याक मा बाट अबलोकन


ABC NEWS
१३ असार २०८०, बुधबार   ५ : ४५   बजे

काठमाडौं १३ असार । निजी भ्रमणमा दुई दिनदेखि काठमाडौंमा रहेका चिनियाँ अर्बपति व्यापारी एवम् उद्यमी ज्याक मा युनले कालीमाटी तरकारी बजारको अवलोकन गरेका छन् ।

बुधबार बिहान १० बजेर ३७ मिनेटमा कालीमाटी बजार परिसर पुगेका ज्याक मा युनले त्यहाँ १३ मिनेट बिताएका थिए । ५ वटा कार र सुरक्षाका केही मोटरसाइकल सहित ज्याक मा युनको टोली कालिमाटी बजारमा १० बजेर ३७ मिनेटमा छिरेको थियो ।

बजार विकास समितिको अगाडि रहेको पार्किङमा केही गाडी रोकिएका थिए भने ज्याकमा सवार कार कृषक होल्डिङ यार्डमा पुगेको थियो । डेनिस चेन, वु मिङ, पौल ज्याक्सन, चेन सी, किम एल्गार्ड, जिउलिया लि निङ र पेइ वाङकका साथमा ज्याक मा कालिमाटी पुगेका थिए ।

बजार परिसरमा पुगेका ज्याक मा कारबाट बाहिर भने ननिस्किएको स्रोतले बतायो । ज्याक मा बजारमा किन गएका थिए भन्नेबारे भने स्पष्ट खुलेको छैन । उनले बजारमा रहेका व्यवसायीसँग कुनै कुराकानी नगरेको पनि प्रत्यक्षदर्शीले बताए ।

‘कारमा आएको र कारबाटै बजार अवलोकन गरेर फर्केको देखिन्छ,’ स्रोतले भन्यो, ‘उनी १० बजेर ३७ मिनेटमा बजार छिरेको र १० बजेर ५० मिटेनमा निस्किएका हुन् ।’

विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक ज्याक मा मंगलबार काठमाडौं आइपुगेका हुन् ।

चीनबाट बंगलादेशको ढाका हुँदै उनी नेपाल आएका थिए । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् ।

फेब्र्सकाअनुसार ज्याक मा २३।५ बिलियन अमेरिकी डलरका धनी छन् । विज्ञान र कलामा स्नातकसम्म अध्ययन गरेका उनी ५८ वर्षका मात्रै भए ।

इ–कमर्स बिजनेसमा आउनु अघि उनी ह्वाङजाउमा अंग्रेजी विषयका शिक्षक थिए । उनले अलिबाबा नामक इ–कमर्स कम्पनी १९९९ मा स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group