ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसइईको नतिजा प्रकाशन अन्तिम चरणमा पुगे पनि ग्रेडिङ पद्धतिबारे अझै अन्योल


एबीसी न्यूज
१६ असार २०८०, शनिबार   ९ : ०१   बजे

काठमाडौं :  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पु¥याए पनि ग्रेडिङ पद्धतिबारे अझै अन्योल कायमै रहेको छ। २०७९ सालको एसइई नतिजा यही असार तेस्रो साताभित्र प्रकाशित गर्ने बोर्डको लक्ष्य रहे पनि कुन ग्रेडिङ पद्धतिबाट नतिजा प्रकाशन गर्ने टुंगो छैन।

बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार नकट्ने तर सकेसम्म तेस्रो साताभित्रमा नतिजा सार्वजनिक गरिने लक्ष्य लिएको बताए।

‘हामी असारभित्र त जसरी पनि नतिजा प्रकाशन गर्छौं, हाम्रो लक्ष्य चाहीं असार तेस्रो हप्तासम्म प्रकाशन गर्ने छ, जति सक्दो छिटो प्रकाशन गर्ने टार्गेटमा जान्छौँ, अहिले नतिजा प्रशोधनको काम भइरहेको छ, यही काममा लागेको छौँ,’ उनले भने।

परीक्षा बोर्डले (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थासँग आवेदन पनि माग गरेको छ। बोर्डले असार ६ गते एसएमएस, आइभिआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक संस्थाहरूलाई असार १२ गतेभित्र आवेदन दिन भन्दै सार्वजनिक सूचना जारी गरेको थियो।

​सूचनाअनुसार संघ, संस्था वा कम्पनी प्रचलित कानूनबमोजिम दर्ता भएको हुनुपर्नेछ। संघ, संस्था वा कम्पनी भ्याट प्यानमा दर्ता भएको हुनुपर्नेछ।

एसएमएसबाट प्रकाशनका लागि एकमुष्ट ४० हजार, वेबसाइटबाट प्रकाशनका लागि एकमुष्ट २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि एकमुष्ट ६० हजार, एसएमएस,आइभिआर र वेबसाइट सेवाका लागि एकमुष्ट एक लाखका दरले सेवा उपलब्ध गराउने प्रयोजनका लागि राजश्व बुझाउनुपर्नेछ।

ग्रेडिङ पद्धतिबारे छलफल हुँदै छ : अर्याल

नतिजा प्रकाशनको तयारीमा बोर्ड रहे पनि हालसम्म पुरानै लेटर ग्रेडिङ पद्धतिबाट प्रकाशन गर्ने कि नयाँबाट गर्ने भन्ने विषयमा केही निर्णय भएको छैन। यस विषयमा परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले यस विषयमा छलफल भइरहेको जानकारी दिए।

‘कुन ग्रेडिङ पद्धतिबाट नतिजा प्रकाशन गर्ने भन्नेबारे छलफल भइरहेको छ, केही दिनमा यसबारे निर्णय हुन्छ,’ उनले थाहाखबरसँग भने। पुरानै ग्रेडिङ पद्धतिमा ९० देखि १०० ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्रतिशत ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस दिइँदै आएको छ।

यस्तै, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिँदै आएको छ। तर नयाँ लेटर ग्रेडिङ लागू भएमा सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ।

लेटर ग्रेडिङ लागू गर्न विभिन्न ग्रेड निर्धारण गरिएको छ। ९० र सोभन्दा माथि ४.० सर्वोत्तम, ८० र सोभन्दा माथि ९० भन्दा कम प्रतिशत ३.६ अत्युत्तम, ७० र सोभन्दा माथि ८० भन्दा कम ३.२ उत्कृष्ट ग्रेड निर्धारण गरिएको छ।

६० र सोभन्दा माथि ७० भन्दा कम २.८ उत्तम, ५० र सोभन्दा माथि ६० भन्दा कम २.४ सन्तोषजनक, ४० र सोभन्दा माथि ५० भन्दा कम २.० ग्राह्य, ३५ र सोभन्दा माथि ४० भन्दा कम प्रतिशत १.६ आधारभूत र ३५ भन्दा कम अवर्गीकृतमा ग्रेड निर्धारण गरिएको छ।

लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार कक्षा ८, कक्षा १० र कक्षा १२ मा सबै विषयमा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र सम्बन्धित निकायले मूल प्रमाणपत्र उपलब्ध गराउनेछ। परीक्षा बोर्डले यो नियम २०७९ सालबाटै कार्यान्वयनमा आइसकेको जनाएको थियो।

तर उक्त नियम ०७९ मा एसइई नतिजा प्रकाशन गरेको बेला बोर्डले कार्यान्वयनमा ल्याएन। पुरानै ग्रेडिङअनुसार नतिजा सार्वजनिक भएको थियो।

परीक्षा बोर्डले हालसम्म पनि ग्रेडिङ पद्धतिबारे निर्णय गर्न नसक्दा एसइई नतिजा प्रकाशन पर ढकेलिने हो कि भन्ने आशंका बाहिर सुनिन थालेको छ। तर ग्रेडिङ पद्धति अन्योल भए पनि नतिजा प्रकाशनमा बाधा नपर्ने परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का परीक्षा उपनियन्त्रक भक्त गोदारले जानकारी दिए।

उनले भने, ‘त्यस्तो हुँदैन, अहिले काम भइरहेको छ, ग्रेडिङ पद्धतिले रोकिएको होइन।’ उनका अनुसार कम्प्युटरमा नतिजा अंक इन्ट्रीको काम सकिसकेको छ। अहिले रुजु गर्ने काम भइरहेको उनले जानकारी दिए।

एसइई परीक्षा गत चैत १७ गते (शुक्रबार) देखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भएको थियो। परीक्षा बोर्डका अनुसार एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका थिए। एसइई परीक्षाका लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको थियो भने परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष , निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति खटिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group