ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय संसदको मुरलको जबाफमा विवेकशील साझाद्वारा ‘गौरवमय सांस्कृतिक मानचित्र’ सार्वजनिक


एबीसी न्यूज
१६ असार २०८०, शनिबार   ११ : ११   बजे

 

काठमाडौं १६ असार । विवेकशील साझा पार्टीले ‘गौरवमय सांस्कृतिक मानचित्र’ भन्दै नेपालको ऐतिहासिक भूभाग सहितको नक्सा सार्वजनिक गरेको छ।
ललितपुरको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी विवेकशील साझाले नक्सा सार्वजनिक गरेको हो। नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियान समेत चलाइने विवेकशील साझाले जनाएको छ।
विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले भनेका छन्, “अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझाले ‘ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र’ सार्वजनिक गरेको हो।”
भारतले नयाँ संसद् भवनमा कपिलवस्तु, लुम्बिनीजस्ता नेपालका ऐतिहासिक भूभागलाई समेत राखेर ‘अखण्ड भारत’को नयाँ नक्सा (मुरल) राखेपछि कसको नक्सा कस्तो भन्ने विषयमा विवाद हुँदै आएको छ । यसमा नेपाल सरकारले औपचारिक खण्डन नगरेको र कूटनीतिक नोटसमेत नपठाउनु विडम्वना भएको विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताए। परियारले भने, “यसै सन्दर्भमा विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको हो।”
सुगौली सन्धी अगाडिको नेपालको भूभाग र वर्तमान भूभागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरलाई समेटेर मानचित्र तयार पारिएको उपाध्यक्ष परियारले बताए। यसमा सगरमाथादेखि बौद्धस्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेबिहारसम्मका पुरातात्विक महत्त्वका सम्पदा समेटिएको छ।त्यस्तै, मानसरोवरदेखि गंगा मैदान सम्मका धरोहरलाई नक्सांकन गरिएको छ।
यो सांस्कृतिक नक्सामा हालको भारतका धेरै भूभाग समेत प्रचीचन नेपालमा रहेको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group