ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउने भन्ने हल्ला मात्र, नयाँ पार्टीले ‘जून तारा झार्ने’ कुरा वाहियात : अर्थमन्त्री महत


एबीसी न्यूज
१६ असार २०८०, शनिबार   ११ : ४७   बजे

 

पोखरा १६ असार , नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेकपा एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउन लागेको हल्ला निराधार भएको बताएका छन्।शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले एमालेसमेत समेटेर नयाँ सत्ता समीकरण बनाउन लागेको कुरालाई ठाडै अस्वीकार गरे।

‘यो सबै अफवाह हो, भ्रम हो। संसद्‌मा सबै दलका नेताहरूसँग भेट भइरहेको हुन्छ। यसकै आधारमा हल्ला गर्नु हुँदैन,’ उनले भने,‘ गठबन्धनले लक्ष्यसहित काम गरिरहेको छ। देश र जनतालाई केन्द्रमा राखेर गठबन्धनले काम गरिरहेको छ। यो अफवाहको कुनै अर्थ छैन।’
अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले नयाँ पार्टी शंकाको सुविधा रहेको बताएका छन्। ुटेस्टेडु नभएकाले जे पनि भन्ने र त्यसलाई पत्याउने हुनसक्ने तर कांग्रेसले कामै गरेर देखार्नुपर्ने उनले बताए।

प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा सामाजिक सञ्जालको जमाना रहेको र अरुले प्रचार गर्ने तर आफूहरूले काम गर्ने दावी गरे।

अहिले सामाजिक सञ्जालको जमाना रहेको र नयाँ पार्टीले आफू भयो यसो गर्दिन्थ्यौँ भनी सरकारको आलोचना गरिरहेको उनको भनाइ थियो। तर त्यस्तो छूट आफूहरूलाई नभएको र काम नै गर्नुपर्ने रहेको उनले बताए। ‘नयाँ पार्टीले जे भने पनि हुन्छ। हामी भएको भए जूनतारा नै खसाल्दिन्छौं भन्छन्, टेस्टेड छैनन्, हो कि क्याहो, जूनतारा नै खसाल्छन् कि भन्ने हुनसक्छ,’ उनले भने, ‘हामीले गरेरै देखाउनुपर्छ।’

स्रोत र साधन सीमित भएकाले चाहेजस्तो सेवा प्रवाह गर्न नसकेको स्वीकार्दै उनले त्यसका बाबजुद पनि सरकारले काम गरिरहेको दावी गरे। विभिन्न बाधाहरूले भनेजस्तो परिणाम हुन नसकेको र त्यसैलाई देखाएर नयाँ पार्टीले ुहामी भए यसो गरिदिन्थ्यौँ, उसो गरिदिन्थ्यौँु भनेर सामाजिक सञ्जाल केन्द्रित भएको भनाइ उनले राखे।

‘अप्ठेराका बाबजुद हामीले काम गरेका छौँ । आवश्यकता धेरै छन् विभिन्न समयमा आउने बाधा–व्यवधानले भनेजस्तो परिणाम हुन सकेको छैन,’ उनले भने, ‘त्यसैलाई देखाएर नयाँनयाँ पार्टीहरुले हामी भएको भए यसो गर्थ्यौँ भन्दिनुहुन्छ। सामाजिक सञ्जालको जमाना छ , एउटै कुरा गरेको हुन्छ अनि दोहोर्‍याएर दिएको छ।ु

आफूहरू हरेक दिन जनताका समस्यासँग जोडिएर समाधानका लागि लागिरहेको उनले बताए। भने, ुहामी टिकटकमा राखेर देखाउँदैनौँ, भिडियो लगेर खिचेर देखाउने गर्दैनौंँ। त्यो हाम्रो कर्तव्य नै हो।’

उनले काम गर्ने पार्टी कांग्रेस नै भएको दावी गरे। अरु दललाई आफूले जिम्मेवारी पाए यसो गरिदिन्थ्यौँ भन्ने शंकाको सुविधा रहेको तर आफूहरूलाई त्यो नभएको, कामै गरेर देखाउनुपर्ने बताए।

उनले अनावश्यक नेतृत्वको आलोचना गर्नुभन्दा पार्टीको नीति लिएर जनतामा जानु उचित हुने बताए।

‘आ–आफ्नो किसिमले अभिव्यक्ति दिने स्वतन्त्रता छ। अनावश्यक रुपले नेतृत्वको आलोचना गरिरहने हैन कि, पार्टीको नीतिलाई लिएर जनताकहाँ जानुलाई अन्यथा लिन मिल्दैन। तर, त्यसको लक्ष्य के हो भन्ने स्पष्ट हुनुपर्छ,ु उनले भने, ुपार्टी सुदृढ बनाउने लक्ष्यसहित काम गर्दा आपत्ति हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group