ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको अभिव्यक्तिको एमालेले विरोध गर्ने, संसदमा प्रमको जबाफ माग्न संसदीय दलको बैठक आह्वान


एबीसी न्यूज
२० असार २०८०, बुधबार   १२ : २६   बजे

 

काठमाडौं २० असार । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ ।

पार्टीका एक उच्च नेताका अनुसार आज बुधबार दिउँसो १.३० बजे यसै अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दल बैठक राख्दै छ । बैठक सिंहदरबारमा बस्नेछ ।

 

‘प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले दिएको अभिव्यक्ति निन्दनीय छ, यसले राष्ट्रको सार्वभौमिकतामै असर परेको छ,’ एमाले उपमहासचिव विष्णु पा रिमालले आपत्ति जनाए । ‘हामीले यसको विरोध गर्न बैठक डाकेका छौं । प्रधानमन्त्रीको यस्तो टिप्पणी हामीलाई सह्य हुँदैन ।’

भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको खुलाएका थिए ।
रिमालले फेसबुकमा लेखेका छन् – ‘प्रधानमन्त्रीको बोलीमा आपत्ति जनाउँदै एमालेले डाक्यो संसदीय दलको बैठककाठमाडौं २० असार । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ ।पार्टीका एक उच्च नेताका अनुसार आज बुधबार दिउँसो १।३० बजे यसै अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दल बैठक राख्दै छ । बैठक सिंहदरबारमा बस्नेछ ।‘प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले दिएको अभिव्यक्ति निन्दनीय छ, यसले राष्ट्रको सार्वभौमिकतामै असर परेको छ,’ एमालेका ती नेताले भने, ‘हामीले यसको विरोध गर्न बैठक डाकेका छौं । प्रधानमन्त्रीको यस्तो टिप्पणी हामीलाई सह्य हुँदैन ।’ती नेताले जानकारी दिए अनुसार कांग्रेस लगायत सत्ता साझेदारले समेत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आश्चर्य प्रकट गरेका छन् । उनीहरुले सत्ता गठबन्धनभित्र यस अभिव्यक्तिबारे छलफल हुने प्रतिपक्षी एमालेलाई बताएका छन् ।भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको खुलाएका थिए ।’

प्रधानमन्त्रीका मिडिया विज्ञ मनहरि तिमिल्सिनाले भने समय सन्दर्भ अनुसार व्यक्त भएको धारणालाई एमालेले अनावश्यक रुपमा उचालेको भन्दै प्रतिवाद गरेका छन् – ‘भाषिक प्रस्तुतिमा समय, वस्तुस्थिति, स्रोताको मनोविज्ञान, स्वयम् वक्ताको संवेग आदिले पनि काम गर्छ। हामीले हेर्ने शब्दार्थ मात्र नभएर भावार्थ पनि हो। सगौरव भन्न सकिन्छ( यसअघिका कैयौँ प्रधानमन्त्री दिल्ली जाँदा नदीनाला बेचेर आए। तर, प्रधानमन्त्री प्रचण्डले बिजुली बेचेर आउनुभएको छ। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रधानमन्त्रीले लिनुभएको पहलबाट एकथरि मान्छेहरू भयंकर आतंकित छन्, उनीहरू सरकार ढाल्न सकिन्छ कि कुनै सन्दर्भवश आएको अभिव्यक्ति बंगाउन सकिन्छ भन्नेमा व्यस्त छन्। त्यस्ता षड्यन्त्रको दृढतापूर्वक खारेज गरौँ। भ्रष्टाचारमुक्त देश निर्माणको प्रचण्ड सपनाको सारथि बनौँ।’

Manahari Timilsina

भाषिक प्रस्तुतिमा समय, वस्तुस्थिति, स्रोताको मनोविज्ञान, स्वयम् वक्ताको संवेग आदिले पनि काम गर्छ। हामीले हेर्ने शब्दार्थ मात्र नभएर भावार्थ पनि हो। सगौरव भन्न सकिन्छ- यसअघिका कैयौँ प्रधानमन्त्री दिल्ली जाँदा नदीनाला बेचेर आए। तर, प्रधानमन्त्री प्रचण्डले बिजुली बेचेर आउनुभएको छ। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रधानमन्त्रीले लिनुभएको पहलबाट एकथरि मान्छेहरू भयंकर आतंकित छन्, उनीहरू सरकार ढाल्न सकिन्छ कि कुनै सन्दर्भवश आएको अभिव्यक्ति बंगाउन सकिन्छ भन्नेमा व्यस्त छन्। त्यस्ता षड्यन्त्रको दृढतापूर्वक खारेज गरौँ। भ्रष्टाचारमुक्त देश निर्माणको प्रचण्ड सपनाको सारथि बनौँ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group