ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ नेता रिजाल


एबीसी न्यूज
२० असार २०८०, बुधबार   २ : ५८   बजे
काठमाडौं, २० असार । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले अब पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभएको छ  । पूर्वमन्त्री तथा  कांग्रेस नेता स्वर्गीय बलबहादुर राईको १३औँ स्मृति दिवसका अवसरमा उहाँको  सालिकमा माल्यार्पण गर्दै नेता रिजालले अघिल्ला पुस्ताको योगदानको रक्षाका लागि युवा पुस्ता अग्रसर हुनुुपर्ने बताउनुभएको हो ।
देशमा प्रजातन्त्र प्राप्तिका लागि स्व। राईको योगदान अतुलनीय रहेको बताउँदै उहाँले  प्रजातन्त्रको रक्षाका लागि अहिलेको पुस्ता गम्भीर हुन जरुरी छ भन्नुभयो । इतिहास मात्रै भजाएर अब कांग्रेस बन्दैन, नयाँ पुस्ताका युवाले जनताको मर्म बुझेर इतिहासको रक्षा गर्दै आगामी योजना तय गर्नुपर्छ । कांग्रेसभित्र रूपान्तरणको खाँचो रहेको र त्यसका लागि केन्द्रीयस्तरमा आफूहरु लागेको नेता रिजालको भनाइ थियो ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समेत नेता रिजालले नयाँ राजनीतिक दलको उदयले पुराना पार्टीलाई थप जिम्मेवार हुन सचेत गराएको उहाँले उल्लेख गर्नुभएको थियो  ।
प्रतिनिधिसभा सदस्य रामहरि खतिवडालले स्व। राई ओखलढङ्गाको विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नाका साथै देशको परिवर्तनका लागि सङ्घर्षरत  नेता भएकाले आज पनि उहाँको योगदानको स्मरण हुने गरेको  बताउनुभयो ।
स्वर्गीय नेता राईको सालिकमा नेता  रिजाल, सांसद  खतिवडा, संविधानसभा सदस्य प्रमिला राई, जिल्ला समन्वय समितिका प्रमुख डिल्लीराम खनाल, पार्टी जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाललगायतले माल्यार्पण गर्नुभएको बलबहादुर राई स्मृति प्रतिष्ठानका अध्यक्ष शङ्कर खनालले बताउनुभयो ।
उन्नाइस पटक देशको कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका नेता राईको विसं २०६७ असार २० गते ८९ वर्षको उमेरमा निधन भएको थियो । जिल्लामा प्रायः सबैजसो पार्टीले स्व राईको योगदानको स्मरण गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu