ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले भारतको सहयोगमा प्रधानमन्त्री बनें भन्नु भएको छैन : उपप्रम श्रेष्ठ


एबीसी न्यूज
२१ असार २०८०, बिहिबार   ८ : ५१   बजे

 

चितवन २१ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनेको भनेर नभनेको बताएका छन् । यद्यपि यसबारे प्रधानमन्त्रीले नै स्पष्ट पार्ने उनले बताए ।

बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसबारेमा प्रधानमन्त्रीसँग आफ्नो कुरा नभएको तर प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री भएको भन्ने अभिव्यक्ति नदिएको बताए ।

 

‘हाम्रो प्रधानमन्त्री नेपालको संसदले निर्वाचित गरेको प्रधानमन्त्री हो र यही जननिर्वाचित सरकार र जनताको शासन प्रणालीको निम्ति सबभन्दा बढी संघर्ष गर्ने नेतामध्ये उहाँ पर्नुहुन्छ भन्ने सबैलाई थाहा छ । त्यो अर्थमा प्रधानमन्त्रीले भन्नु भएको हो भन्ने कुरा मिल्दैन,’ उनले भने ।

नेपालको सरकार बनाउनको निम्ति विदेशको मुख ताक्ने वा विदेशतर्फ धाउने कुरा हुनै नसक्ने बताउँदै श्रेष्ठले भने, ‘बाहिर आएको समाचारमै पनि प्रधानमन्त्रीले मैले भारत पठाएँ र भारतको सहयोग भएर म प्रधानमन्त्री भएँ भन्नु भएको छैन ।’

कुनै व्यक्तिले शुभेच्छाका कारणले सहयोग गर्छ भने त्यो अलग कुरा हुने बताउँदै मन्त्री श्रेष्ठले भने, ‘जहाँजहाँ दौडेर हुन्छ म सहयोग गर्छु भन्या छ भने त्यो उहाँको कुरा हो । तर नेपालको प्रधानमन्त्री अन्त कहीँबाट बन्दैन, यहीँबाट बन्छ ।’

यही असार १८ गते सरदार प्रितम सिंहको जीवनी विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रितम सिंह नेपालको राजनीतिमा अत्यन्त चासो राख्ने र आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीबाट राजीनामा माग गरेका छन् ।

एक अर्को प्रसंगमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सरकारले जनपक्षीय काम गर्दै आएको भन्दै यसलाई सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले जति काम गरेको छ त्यसलाई सकारात्मकरूपमा लिनुको सट्टा जति गरे पनि नकारात्मक हेर्ने दृष्टिकोणबाहेक केही पनि होइन ।’

भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा प्रहरीले स्वच्छ र स्वतन्त्र अनुसन्धान गरेको बताउँदै गृहमन्त्री श्रेष्ठ मिटरब्याज पीडितलाई न्याय पुग्ने गरी सरकारले काम गर्ने बताए ।

सरकारको विपद् व्यवस्थापन तयारी सम्वन्धी प्रश्नमा गृहमन्त्री श्रेष्ठले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनअन्तर्गत तयारीको कामलाई व्यवस्थित र प्रभावकारी बनाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group