ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती : महामन्त्री शर्मा


एबीसी न्यूज
२१ असार २०८०, बिहिबार   ९ : २४   बजे

 

काठमाडौं २१ असार । आफूलाई प्रधानमन्त्री बनाउन भारतको भूमिका रहेको आशयको अभिव्यक्ति दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गल्ती गरेको सत्ता गठबन्धनमै रहेको दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भारतको प्रशंसा गर्ने क्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली धाएको बताएका थिए।त्यसको विरोधमा बुधबार एमालेलगायत विपक्षी दलका सांसदले प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका थिए।

प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्तिविरुद्ध सत्तारुढ दलले नै प्रश्न गरिरहेका बेला प्रतिपक्षीले विरोध गर्नु त उनीहरूको मूल कर्तव्य नै भएको टिप्पणी प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस महामन्त्रीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत गरेका हुन्।

‘नेपालको प्रधानमन्त्री नेपालको संसद्‌ले चयन गर्दछ र गर्ने हो’, शर्माले लेखेका छन्, ‘मित्र राष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्रीकै हो। आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो।’

शर्माले अगाडि लेखेका छन्, ‘प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ। सत्तारूढले नै प्रश्न गरेका छौँ। प्रतिपक्षको त मूल कर्तव्य नै हो।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group