ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१४ बुँदे प्रतिबद्धता घोषणा गर्दै कांग्रेस जिल्ला सभापतिहरुको बैठक सम्पन्न


एबीसी न्यूज
२२ असार २०८०, शुक्रबार   ८ : २२   बजे

 

 

काठमाडौँ २२ असार । कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न भएको छ । केन्द्रीय कार्यालय सानेपामा बिहीबार र शुक्रबार चलेको बैठकले १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गरेको हो । बैठकमा उपस्थित जिल्ला सभापतिहरुले धारणा राखेका थिए ।

बैठकको समापनको क्रममा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकताअनुसार आगामी केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका कांग्रेसले जनाएको छ ।

 

महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा भएको जिल्ला सभापतिहरूको बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल भएको थियो । बैठक उद्घाटनका क्रममा महामन्त्रीद्वय थापा र शर्मा, युवा तथा खेलकुदमन्त्री एवं कांग्रेस नेता डिगबहादुर लिम्बूलगायतका नेताहरू सहभागी थिए ।

१४ औं महाधिवेशनपछि कांग्रेसले जिल्ला सभापतिहरूसँग संयुक्तरूपमा अलग्गै छलफलको आयोजना गरेको यो नै पहिलो पटक हो । तर भेलामा सभापति शेरबहादुर देउवा सहभागी भएनन् । पार्टीमा सभापति देउवाको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका महामन्त्रीद्वय थापाले यसअघि अब आफूहरूको जिम्मेवारीमा पर्ने काम गर्न सभापतिलाई पर्खिएर नबस्ने अभिव्यक्ति दिएका थिए ।

पार्टीको केन्द्रीय समिति बैठकबाट जिल्ला सभापतिहरूसँग भेला गर्ने निर्णय लिएर भेला आयोजना गर्नुपर्ने पूर्वअभ्यास भए पनि महामन्त्री थापा र शर्माले केन्द्रीय समितिको सम्मुखमै जिल्ला सभापतिहरूको भेला राखेका हुन् । सभापति देउवाले बुधबारमात्रै केन्द्रीय समितिको बैठक २७ असारदेखि बस्ने गरी आह्वान गरेका छन् । निकट नेताहरूका अनुसार बुधबार बिहान बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले जिल्ला सभापतिहरूसँग भेलाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group