ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद्को पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन


एबीसी न्यूज
२३ असार २०८०, शनिबार   ९ : ०४   बजे

 

काठमाडौं २३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
शुक्रबार दिउँसो विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को ११ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान प्रविधिको उच्चतमे विकासको युगमा विपद्को पूर्वसूचना प्राप्त गर्ने विभिन्न प्रविधिहरू भएपनि त्यसको प्रभावकारी अवलम्बन गर्न नसकेको बताए।
‘विपद्को पूर्वजानकारीसहित आवश्यक सचेतता अपनाउनुभन्दा विपद् आइसकेपछि उद्दार, राहत र पुनःस्थापनामा केन्द्रित हुने गरेको विगतको परम्परालाई तोडेर मात्र हामीले राष्ट्रिय धनजनको रक्षा गर्न सक्छौँ,’ प्रधान्मन्त्री प्रचण्डले भने।
त्यसकारण पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनसम्बन्धी नीति, योजना, कार्यक्रम र कार्यान्यवनसम्बन्धी केही गम्भीर प्रश्नहरू रहेको बताए ।
ल्अभिि

‘किन हामी विपद्को पूर्वानुमान र त्यससम्बन्धी आवश्यक गृहकार्यबारे गम्भीर बन्दैनौँ रु किन हामी जहिले पनि वर्षात्को समयमा आएर मात्र यसबारे छलफल र बहस गर्छौं रु किन हामी विपद्को उच्च जोखिममा रहेका बस्ती र समुदायसम्म पुगेर विपद्को प्रभाव, राज्य र नागरिकको सहकार्यबाट यसबाट बच्न सक्ने उपायहरूबारे पर्याप्त अन्तरक्रिया गर्दैनौँ रु विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सरकारी संरचना र सरोकारवाला निकायसँगको सम्बन्ध र सहकार्य जीवन्त नबनाई किन औपचारिक भइरहेका छन् रु वर्षात्को समयपूर्व नै किन हामी उद्दार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त गर्दैनौँ रु विपद्जस्तो अत्यन्तै संवदेनशील विषयमा पनि किन हामी झन्झटिलो प्रशासनिक जञ्जाल बनाएर नागरिकलाई सास्ती दिइरहेका छौँ रु राहत र पुनःस्थापनामा मानवीय भावनासहितको तदारूकता देखिनुपर्नेमा किन हामी औपचारिक नेतृत्व र प्रशासक बनेर प्रस्तुत हुन्छौँ रु,’ उनले भने, ‘यी र यस्ता प्रश्नहरूप्रति जिम्मेवार बनेर मात्र हामीले सही अर्थमा विपद् न्यूनिकरण र व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सक्छौँ।’
प्रधानमन्त्री प्रचण्डले विपद्को समयमा जनताको जीवन रक्षामा संवेदनशील भएर काम गर्न पनि निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group