ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोटीका ग्रामीण सडक अवरुद्ध


एबीसी न्यूज
२४ असार २०८०, आइतबार   ३ : ४३   बजे
काठमाडौं, २४ असार । असार दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडकमा भल बाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्था पुगेको छ ।
पछिल्लो समय गाउँगाउँमा ग्रामीण सडक सञ्जाल जोडे पनि मापदण्डअनुरुप सडक नबन्दा ग्रामीण भेगका नागरिक बर्सेनि सास्ती भोग्दै आएका छन् । वर्षाका कारण बडीकेदार गाउँपालिकाको सुनालेखबाट घागल, अन्तरकाँडा हुँदै रनतोला सडक, बोगटान फुडिसल गाउँपालिकाको छिडीखानबाट केदार अखडा सडक, चवारा चौताराबाट सातफरी धिर्गामानडौँ सडक, दिपायलबाट केआइसिंह गाउँपालिका हुदैँ बोगटान फुड्सिल गाउँपालिकासम्मको ग्रामिण सडक, जोरायल गाउँपालिकाको बिपीनगर खसरेबाट गड्सेरा सडक, खड्यौलीदेखि मन्नाकापडीको बरलगाउलगायत डोटीका दर्जन बढी पहिरो र खहरे खोलाले ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।
ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने कतिपय सार्वजनिक यातायातका यात्रु कष्टकर यात्रा गर्न बाध्य भएका छन् । पहिराका कारण सहजपुर–बिपीनगर हुँदै बोगटनको छिडीखानसम्म चल्ने बस तथा जीप बन्द रहेका छन् । साथै बाग्छेडाबाट बोगटान फुडिसलसम्म जाने कच्ची मार्गमा समेत दुई हप्तादेखि यातायात सञ्चालन हुन नसकेको स्थानीय दिपेन्द्र बोहराले बताउनुभयो ।
घाम लागे धुलो हुने पानी परे हिल्याम्मे हुने जिल्लाका ग्रामीण सडक वर्षात्का कारण अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएकाले विकास निर्माणका सामग्रीसँगै दैनिक उपभोग्य सामग्री ओसारपसारमा समस्या भइरहेको बडीकेदार–५ का वडासदस्य भीम बोहराले बताउनुभयो । वातावरणीय प्रभाव मूल्याङ्कनको वास्ता नगरी जथाभावी ट्र्याक खोलिएका कारण सामान्य वर्षा हुँदा पनि ग्रामीण सडक अवरुद्ध हुने गरेको बडीकेदार–५ का बासिन्दा लक्ष्मण रम्तेलले  बताउनुभयो ।
ट्र्याक खुलेलगत्तै सुक्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका कतिपय सडक अहिले कामै नलाग्ने अवस्थामा पुगेको बडीकेदारका स्थानीय मीन शाहले बताउनुभयो । अधिकांश ग्रामीण सडकमा पानी निकास हुने नालासमेत नहुँदा सडकबाटै भल बग्ने गरेकाले पनि सडक भासिने र भत्किने बढी सम्भावना भएको शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group