ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘वान एक्स बेट’मा कलाकारसहित ११ जनाविरुद्ध मुद्दा दर्ता, ३ देखि ११ वर्षसम्म कैद माग, अरु को कोविरुद्ध मुद्दा ? 


एबीसी न्यूज
२५ असार २०८०, सोमबार   १२ : ०९   बजे

काठमाडौं । अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ प्रकरणमा पक्राउ परेका ११ जना कलाकारविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। उनीहरुविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ३ देखि ११ वर्षसम्म कैद सजाय माग गरेको छ।

यो प्रकरणका मुख्य योजनाकारका रुपमा रहेका कैलालीको लम्किचुहा नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका ७ चावाहिल बस्ने २८ वर्षीय दिनेश खड्कासहित ११ जनाविरुद्धको मुद्दा अदालतमा पुगेको हो। अनलाइन जुवा प्रकरणमा खड्काकी पत्नी काभ्रेपलान्चोक धुलिखेल नगरपालिका ११ भाइती भई लम्कीचुहा-१० की २९ वर्षीय अनिता धितालविरूद्ध पनि मुद्दा चलाइएको छ। खड्कासहितका केही व्यक्ति वान एक्स बेटको एजेन्ट भएर कारोबार गरे गराएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ।

युट्युबर र कलाकारहरुले नेपालमा गैरकानुनी एप्लिकेशन वान एक्स बेटको प्रचार गरेर रकम लिएको आरोप छ। उनीहरुले विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिम कसुर गरेको आरोप छ।

यस्तै दिनेश खड्का र अनिता धितालले क्रिप्टो करेन्सीको बित्तिय कारोबार कुल बिगो ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ गरी सट्टाबाजि गराउने गरेको र आफू उपरको प्रमाण दबाउने कार्य गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।

उक्त कार्य नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २, मुलुकी अपराध संहिता २०७४ दफा १२५ को उपदफा (४) दफा ९३ को उपदफा (१) र दफा ४३ उपदफा (१) बमोजिमको कसुर भएको प्रमाणबाट पुष्टि भएको दाबी छ।

दिनेश खड्का र अनिता धिताललाई ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ९६ को उपदफा (१) बमोजिम उक्त बिगो जफत गरी सजाय गर्न माग गरिएको छ।

यस्तै उनीहरुसहित १११ जनालाई नै विज्ञापन नियमन ऐन अनुसार पनि सजाय गर्न माग गरिएको छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार यस अभियोगमा कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणा जरिवाना र ७ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

विज्ञापन नियमन ऐन २०७६ अनुसार यस्तो कसुरमा संलग्न व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। सट्टाबाजीको कसुरमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

अभियुक्तहरुको आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान सुरु हुनेछ। बयान सकिएपछि थुनछेक बहस हुनेछ। त्यसपछि उनीहरुलाई मुद्दाको पुर्पक्षका क्रममा थुनामा राख्ने कि थुनाबाहिर भन्ने आदेश हुनेछ।

अरु को कोविरुद्ध मुद्दा ? 

प्रहरीले जेठ ३१ र ३२ गते दुई पटक अनलाइन जुवा प्रकरणमा यसका एजेन्ट र कयौँ कलाकारलाई पक्राउ गरेको थियो।

पक्राउ परेकाध्ये रोल्पा नगरपालिका ६ घर भई हाल कीर्तिपुर बस्ने युट्युबर २४ वर्षीय जलन घर्तीमगर, उदयपुर घर भई हाल ललितपुरको महालक्ष्मीथान बस्ने युट्युबर २८ वर्षीय एलिश राई, मुगु घर भई हाल ललितपुरको टीकाथली बस्ने १९ वर्षीय गणेश देवकोटाविरुद्ध पनि मुद्दा चलाइएको छ।

त्यसैगरी जेठ ३२ गते पक्राउ परेका कलाकारहरुविरुद्ध पनि मुद्दा चलाइएको छ। जसमध्ये प्युठान घर भई हाल काठमाडौंको कलंकी बस्ने २८ वर्षीय बेगम नेपाली, गोरखा घर भई हाल काठमाडौंको बनस्थली बस्ने ३५ वर्षीय मरिचमान श्रेष्ठ, स्याङ्जा घर भई काठमाडौं नयाँ बजार बस्ने राजु पौडेल, धनकुटा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने २९ वर्षीय रोशन खतिवडा, मोरङ घर भई हाल भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे र मोरङको विराटनगर महानगरपालिका ४ का २४ वर्षीय कुशल पोखरेलविरुद्ध मुद्दा दर्ता भएको हो।

यो प्रकरणमा अहिलेसम्म २० जना पक्राउ परेका छन्। पोखरेल भने हाल फरार छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group