ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले यसै साता एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने


एबीसी न्यूज
२५ असार २०८०, सोमबार   १ : ०४   बजे

काठमाडौ असार २५ । नेपाल क्रिकेट सङ्घ क्यानले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा सहगागिता जनाउने नेपाली क्रिकेट टोलीलाई आज बिदाई गरेको छ । क्यानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, क्यानका पदाधिकारीलगातयले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरेका हुन ।

नेपाली टोली आजै श्रीलङ्का प्रस्थान गर्दैछ । सो प्रतियोगिता भने यही असार २८ गतेदेखि साउन ७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र संयुक्त अबर इमिरेट्स युएई छन् ।त्यस्तै समूह बीमा आयोजक श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान टोलीरहेका छन् ।

नेपालले आफनो पहिलो खेल पाकिस्तानका ‘ए’ टोलीसँग यही असार २९ गते खेल्ने छ । त्यस्तै नेपालले आफनो दोस्रो खेल साउन १ गते भारत ‘ए’ सँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले साउन ३ गते युएईसँग खेल्ने। हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । यसअघि टोलीमा समावेश भएका आरिफ शेखले भने प्रतियोगितामा सहभागिता जनाउने छैनन् । उनले आफनो व्यक्तिगत समस्या देखाउँदै नाम फिर्ता लिएका छन् ।

अब उनको स्थानमा पवन सर्राफले प्रतियोगितमा सहभागिता जनाउनेछन् ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, देव खनाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, श्याम ढकाल, सूर्य तामाङ, पवन शर्राफ र सन्दिप जोरा छन् । –––––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group