ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमुख प्रतिपक्षले जे बोल्यो, रास्वपाको कुरा त्यही बनाउने जालसाजीपूर्ण काम सभामुखबाट भयो : रवि लामिछाने


ABC NEWS
२५ असार २०८०, सोमबार   ४ : ४५   बजे

काठमाडौँ २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा रास्वपाको अस्तित्वमाथि नै प्रश्न उठ्ने गरी आफ्ना कुराहरू समेत राख्न नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको विषयमा रास्वपाका आफ्नै अडानहरू रहेको भन्दै सो विषयमा प्रमुख प्रतिपक्षले जे बोल्यो, रास्वपाको कुरा पनि त्यही हो भन्ने भाष्य बनाइएको बताए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै उनले भने, ‘रास्वपा प्रतिपक्षको भूमिकामा छ । हामी प्रतिपक्षमा हुनुका पनि आफ्ना मुद्दाहरू छन् । रास्वपा अरू कुनै दलको एजेण्डामा होइन, आफ्नै स्वतन्त्र अस्तित्व र मुद्दाहरूमा उभिएको छ । हामीमाथि प्रमुख प्रतिपक्षले जे बोल्यो, रास्वपाको भाष्य त्यही हो भन्ने किसिमको जालसाजीपूर्ण क्रियाकलाप भयो, यसमा हाम्रो आपत्ति छ । म यो कुरा सदनलाई स्मरण गराउन चाहान्छु ।’

उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै त्यसको खुलेर जवाफ दिनुपर्ने बताए । ‘उहाँलाई प्रधानमन्त्री बनाउन रास्वपाको सभापतिको हिसावले मेरो आफ्नै हस्ताक्षर छ, हामी त हाम्रै सार्वभौम संसद्ले उहाँलाई प्रधानमन्त्री बनाएको भनेर सोचिरहेका थियौँ, तर उहाँ आफैँले छिमेकीले प्रधानमन्त्री बनाएको भने जसरी अभिव्यक्ति दिदै हिड्नुभएको छ,’ उनले भने, ‘म प्रधानमन्त्रीलाई आफ्ना भनाइहरूमा सजग गराउन चाहान्छु । उहाँ कहिले के भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ । कहिले बोल्नुहुन्छ, कहिले फिर्ता लिनुहुन्छ । उहाँलाई म आफ्ना भनाइहरूमा सजग हुन आग्रह गर्दछु ।’

उनले तीन दलले मात्रै मिलेर संसद्लाई बन्धक बनाउन खोजिएको बताए । ‘यो संसद्का धेरै कामहरू छन्, सदनमा यति धेरै कामहरू हुदा हुदै तीन दलको मुड चलेन भने संसद् नचल्ने भन्ने कुरा रास्वपा स्वीकार गर्दैन,’ उनले भने, ‘यसलाई तीन दलले बन्धक बनाउन मिल्दैन । हामी पनि प्रतिपक्षमा छौँ, हामी चुप लागेर बस्दैनौँ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu