ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिलाई आफैंले लेखेको पत्रको अवहेलना हुनेगरी प्रतिपक्षले प्रश्न उठायो : प्रचण्ड


ABC NEWS
२५ असार २०८०, सोमबार   ५ : २९   बजे

काठमाडौं २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई यो पटकको प्रधानमन्त्री प्रितम सिंहले दिल्ली गएर नभई अहिले प्रमुख प्रतिपक्षीमा भएका दलहरूले नै राष्ट्रपतिलाई पत्र लेखेर बनेको स्पष्टीकरण दिएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले राष्ट्रपतिलाई लेखेको पत्रको अवहेलना हुनेगरी प्रश्न उठाइएको बताए।

‘मलाई प्रधानमन्त्री कसले बनायो, नेपालमा कसले बनाउँछ भनेर प्रश्न उठ्यो। यो प्रश्न उठ्दैगर्दा मभित्र धेरै भाव र तरगं पैदा भए,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले यो प्रश्न प्रतिपक्षी दलका नेताहरू जसले पहिलोपटक लिखित रुपमा प्रधानमन्त्री बनाउनुभयो उहाँहरुबाट नै आएको देख्दा म गम्भीर भएको छु।’

उनले उनले आफूलाई प्रितम सिंहले दिल्ली गएर आफूलाई प्रधानमन्त्री नबनाएको पनि बताए।

‘मलाई प्रधानमन्त्री सरदार प्रितम सिंहले दिल्ली गएर बनाएको त होइन। यो भन्दा अगाडि नबोलौं भन्ने लाग्छ मलाई। प्रतिपक्षी दलका साथिहरुलाई राम्रो थाहा छ प्रधानमन्त्री म कसरी भएँ भन्ने कुरा,’ उनले भने, ‘प्रमुख नेतालाई सबैभन्दा बढी थाहा छ। थाहा हुँदाहुँदै को कोले कसरी रोक्न खोजेका थिए भन्ने थाहा हुँदाहुँदै राष्ट्रपतिलाई आफैंले लेखेको पत्रको अवहेलना हुनेगरी कसरी उठाइयो भन्ने मेरो मभित्र प्रश्न उठेको छ।’

साथै, उनले उक्त प्रश्नको घेरामा आफू मात्र भएको हो वा अन्य राजनीतिक दल र संसदमाथि पनि उठेको बताए।

‘यो प्रश्नको घेरामा म मात्र छु कि, सबै राजनीतिक दल र यो संसद पनि छ भन्ने प्रश्न मभित्र उब्जिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पुस्तक विमोचन कार्यक्रममा गरेको सम्बोधनमा भन्न नपर्ने कुरा बोलिएको स्वीकार पनि गरेका छन्।

‘मलाई त्यो कुरा भन्नुपर्ने थिएन। नभने हुन्थ्यो। जरुरी थिएन। तर मैले भनेँ। मनमा आयो भनेँ। के मैले राष्ट्रपति नै घात गर्ने कुरा हो त योरु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यति सहज र स्वभाविक कुरा प्रधानमन्त्रीको हैसियतले त्यस्तो भाषा नबोल्नुपथ्र्यो। त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ, म ज्ञानुको बुवा भएर बोलेँ।’

म यसपटक लोकतन्त्रको सर्भिर्सिग र शुद्धिकरणमा प्रतिवद्ध छु : प्रचण्ड
मिटरव्याज पिडितको पक्षमा ‘वारफुटिंग’को रुपमा काम गरेर भएपनि छिटै कानुन बन्छ : प्रम प्रचण्ड
मैले त्यस्तो भाषा नबोलेको भए हुन्थ्यो, तर बोलिहालें, प्रितम सिंहसंग मेरो अर्कै सम्वन्ध हो : प्रचण्ड
‘मनले बोल्नु नै प्रचण्ड हो’ : प्रधानमन्त्री
प्रतिपक्षले माग्नेवित्तिकै राजीनामा दिनुपर्ने हो ? : प्रम प्रचण्ड

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

सम्बन्धित

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group