ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस रूपान्तरण अभियानको दस्तावेज : ‘यथास्थितिमा चले कांग्रेसले चुनौतीको सामना गर्न सक्दैन’


एबीसी न्यूज
२६ असार २०८०, मंगलबार   ४ : ३१   बजे

काठमाडौं २६असार । एकवर्षपछि बस्ने पार्टीको केन्द्रीय समितिको बैठकअघि नेपाली कांग्रेस रूपान्तरण अभियानको आफ्नो दस्तावेज पार्टी कार्यालयमा दर्ता गराउने भएको छ। भोलि पार्टीको बैठक सुरु हुनुअघि पत्रकार सम्मेलन गरेर रूपान्तरण अभियानको दस्तावेज दर्ता गर्ने तयारी रहेको नेता गुरुराज घिमिरेले बताए।

उनले भने, ‘हाम्रो तर्फबाट पार्टी रुपान्तरण अभियानको दस्तावेज बनाइसकेको छौँ। भोलि पार्टी कार्यालयमा दर्ता गर्ने त्योभन्दा अगाडि पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। हामीले कांग्रेसको संगठनात्मक वस्तुस्थितिबारे चित्रण गरेका छौँ। मूलत पार्टी कस्तो हुनुपर्ने ? अहिले कस्तो अवस्थामा गुज्रिरहेको छ रु भन्ने विषयलाई उठाएका छौँ।’

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएका थिए । उनले दस्तावेजमा कांग्रेसले विधिको शासनको लागि ठुलो संघर्ष कांग्रेसले गरेको भएपनि विधिविहीनतामा चलेको विषयलाई उल्लेख गरिएको बताए।

घिमिरेले भने, ‘पार्टी महाधिवेशन भएको २० महिना भइसक्यो अहिलेसम्म पार्टीको नीति नै छैन। गठबन्धन गरेर चुनावमा गयौँ। अहिले सरकार पनि गठबन्धनकै छ। तर, कुन नीतिका आधारमा गठबन्धन बनायौँ सरकार बनायौँ भन्ने कुरा हामीसँग जवाफ छैन। पार्टीको आन्तरिक अव्यवस्था ज्यूँका त्यूँ छ। भातृ संस्थाहरूको अवस्था उस्तै छ। विधिपूर्वक गर्नुपर्ने काम हुन सकेको छैन।’

केन्द्रीय कमिटी, कोषाध्यक्ष मनोनयनलगायतको विषयमा पनि पार्टीको ध्यानाकर्षण गराएको बताए।

उनले भने, ‘महाधिवेशन सकिएपछि आधा कार्यकाल हुन लागिसक्यो। १५ औँ महाधिवेशनको तयारी थाल्ने बेलासम्म तीनवटा महासमिति बैठक बस्न सकेको छैन। नीति महाधिवेशनको चर्चा महाधिवेशनदेखि चलेको हो तर, अहिलेसम्म बोलाएको छैन।’

यो अन्योलपूर्ण अवस्थालाई कांग्रेसलाई मुक्त नगरी समय र युग सापेक्ष जनता र कार्यकर्ताको चाहना अनुरूप पार्टीलाई रूपान्तरण गर्न नसके आगामी चुनौती सामना गर्न नसक्ने उल्लेख भएको बताए।

‘पार्टीलाई बलियो बनाएर सबै तहका संरचनाहरूलाई क्रियाशील र गतिशील कसरी बनाउने भन्ने विषयमा हामीले चिन्ता व्यक्त गरेका छौँ। देशभरबाट आएको सुझावलाई अन्तर्क्रियाबाट सूत्रबद्ध गरेर पार्टीलाई बुझाउँदैछौं’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group