ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रान्डेड कपडाहरुको कम मूल्यांकन गराएर रुट्स फेसन प्रालिले सवा ४ करोड राजस्व छलेको अभियोग


एबीसी न्यूज
२७ असार २०८०, बुधबार   ५ : ५६   बजे

 

 

काठमाडौँ २७ असार । दुई महिनाअघि वीरगन्ज भन्सारबाट छुटाइएको व्यापारिक सामानमा ४ करोड ३८ लाख राजस्व छलिएको राजस्व अनुसन्धान विभागले बताएको छ । ब्रान्डेड जुत्ता, टिसर्टलगायत वस्तुको न्यून मूल्यांकन गराएर रुट्स फेसन प्रालिले आयात गरेको भन्दै व्यापारिक वस्तु बोकेका तीन कन्टेनर हेटौंडाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर ती कन्टेनरलाई विभागमा बुझाएको छ । भन्सार मूल्यांकन सूचीभन्दा फरक मूल्य घोषणा गरेर कम्पनीले व्यापारिक सामान आयात गरेको विभागको निष्कर्ष छ । प्रज्ञापनपत्र नम्बर एम ५४६३४ बाट आयात गरिएका जुत्ताको प्रतिजोर मूल्यांकन ४५ अमेरिकी डलर हुनुपर्नेमा १५ देखि २० डलर मात्र राखिएको विभागले जनाएको छ । विभागले राजस्व चुहावट नियन्त्रण ऐनअनुसार बिगो २ करोड १८ लाख र बिगोबमोजिमको शतप्रतिशत जरिवाना बराबरको रकम दाबी गरेको हो ।

 

विभागका महानिर्देशक नवराज ढुंगानाले बिगो र बिगो अनुसारको जरिवानाबापत मंगलबार ४ करोड ३६ लाख बराबर धरौटी माग गर्ने आदेश गरेका छन् । अनुसन्धान अधिकृतले गरेको विस्तृत अनुसन्धानका आधारमा तयार गरेको अन्तिम प्रतिवेदनबमोजिम महानिर्देशक ढुंगानले धरौटी माग गर्ने र उच्च अदालतमा मुद्दा दायर गर्ने आदेश गरेका हुन् ।

महानिर्देशकको आदेशबमोजिम रुट्स फेसनले विभागको मागअनुसारको धरौटीका लागि बैंक ग्यारेन्टी मंगलबार नै उपलब्ध गराएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जनाए । ‘मागबमोजिमको धरौटी रकम बापतको बैंक ग्यारेन्टी रकम प्राप्त भएकाले थप अनुसन्धानपछि मुद्दा उच्च अदालतमा दायर हुनेछ,’ उनले भने । धरौटी रकमको बैंक ग्यारेन्टी नबुझाए आयातकर्तालाई नै थुनामा लैजानुपर्ने कानुनी व्यवस्था छ ।

विभागका अनुसार रुट्स फेसनले ४ लाख ८८ हजार डलर अर्थात् करिब ६ करोड ३४ लाख बराबरका सामान आयात गरेको थियो । उक्त सामानको भन्सार मूल्यांकनअनुसार वीरगन्ज भन्सारमा रुट्सले २ करोड ९४ लाख राजस्व तिरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu