ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दर्शक कुट्ने भलिबल खेलाडीलाई ६ महिना प्रतिबन्ध, राष्ट्रिय टिमका कप्तान पनि बर्खास्त


एबीसी न्यूज
३१ असार २०८०, आइतबार   ४ : १९   बजे

 

काठमाडौं ३१ असार । नेपाल भलिबल संघले त्रिभुवन आर्मीका क्लबका ३ खेलाडीलाई कारबाही गरेको छ।
सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगका दौरान अनुसाशनहीन क्रियाकलापमा संलग्न भएको भन्दै भलबिल संघले आर्मीका धनबहादुर भट्ट, राजेन्द्र विष्ट र धनपती कुँवरलाई प्रतिबन्ध लगाएको हो।
स्पाइकर भट्टलाई ६ महिना प्रतिबन्ध लगाउदा विष्ट र कुँवरलाई ३–३ महिनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा खेल्न प्रतिबन्ध लगाइएको भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए।
प्रतियोगिताअन्तर्गत गत असार २५ गते गण्डकी प्रदेशसँगको खेलका दौरान आर्मीका स्पाइकर भट्टले दर्शकलाई प्यारापिटमै गएर कुटेका थिए।
चेकआउट हुँदा आर्मीलाई अंक दिएको भन्दै गण्डकीका खेलाडीले असन्तुष्टि जनाएका थिए। त्यहिँ क्रममा दर्शकदिर्घाबाट हुँटिङ हुँदै अपशब्द बोलिएको सुनिएको थियो। लगत्तै कोर्टमा बोतल प्रहार भएपछि आर्मीका खेलाडी उत्तेजित भएका थिए।।
यस्तै घटनामा संलग्न आर्मीका अर्का खेलाडी दुर्गा खड्कालाई सचेत गराइएको छ।
घटनामा संलग्न रहेको भन्दै आर्मी तथा राष्ट्रिय टिमका कप्तान रहेका हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानीबाट बर्खास्त गरिएको छ।
महासचिव श्रेष्ठका अनुसार हरिहजुरले घटनालाई साम्य पार्नुको सट्टा बढाएको भन्दै कप्तान हुन योग्य हुन नसक्ने ठहर गरिएको छ।

घटना भएपछि नेपाल भलिबल संघले ५ सदस्यीय छानविन समिति गठन गरेको थियो। जसमा महासचिव श्रेष्ठ संयोजक थिए।
श्रेष्ठका अनुसार छानविन समितिले गरेको सिफारिसको आधारमा नेपाल भलिबल संघको कार्यसमितिले खेलाडीलाई कारबाही गर्ने निर्णय शनिबार राति गरेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu