ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेका सांसद, पालिका प्रमुखरउपप्रमुख पार्टी कमिटीको अध्यक्ष र सचिव बन्न नपाउने


एबीसी न्यूज
१ श्रावण २०८०, सोमबार   ५ : ५६   बजे

काठमाडौं, १ साउन । नेकपा (एमाले)मा सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुखले पार्टी कमिटीको अध्यक्ष, सचिव बन्न नपाउने भएका छन्। एक व्यक्ति, एक प्रमुख जिम्मेवारीको मान्यता अनुरूप एमालेले दोहोरो पद कटौती गर्न लागेको हो। शनिबार बसेको पार्टी सचिवालयको २३ औं बैठकले संघीय, प्रदेशका सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले पार्टीको अध्यक्ष, सचिव चुनिन नपाउने निर्णय गरेको एक पदाधिकारीले बताए।

‘हामीले पार्टी दोहोरो जिम्मेवारी नदिने नीतिअनुरूप नै प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले पार्टीको अध्यक्ष, सचिवमा उम्मेदवारी दिन नपाउने व्यवस्था गरेका छौं,’ उनले भने, ‘यसले कसैले पद नै नपाउने, कसैले दोहोरो जिम्मेवारी पाएर कतै पनि काम नहुने अवस्थाको अन्त्य गर्नेछ।’

एमालेले साउन १५ गतेसम्म सदस्यता नवीकरणको समय बढाएको छ। यसअघि असार १५ गतेभित्र नवीकरण गरिसक्न अन्तरपार्टी निर्देशन जारी भए पनि सदस्यता अद्यावधिक नभइसकेकाले साउन १५ गतेसम्म समयसीमा बढाइएको हो। गत वैशाखसम्म ४९ प्रतिशत मात्रै सदस्यता नवीकरण भएको तथ्यांक केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको थियो। त्यस्तै, भदौ मसान्तसम्म प्रदेश कमिटीहरूको अधिवेशन गरिसक्ने कार्ययोजना बनाएको छ।एमालेले २०८० साललाई अधिवेशनको वर्ष मान्दै चैत मसान्तभित्र जिल्ला र वडा तहका अधिवेशन सक्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group