ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस वैठक : लक्ष्मीलाई खाणको चिन्ता, रामहरिलाई एमालेको त्रास !


ABC NEWS
३ श्रावण २०८०, बुधबार   ५ : ०७   बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति कांग्रेस केन्द्रीय समिति बैठकमा आलोचना भएको छ ।

केन्द्रीय सदस्य राधा घले र लक्ष्मी खतिवडाले भनिन्, ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो रु थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन ।’

त्यस्तै अभियोग लागेको अर्को अमूक पार्टीको नेताका बारेमा भने उनीहरु नबोलेको खतिवडाको दाबी छ । पार्टीभित्रको फरक समूहको नेता भएका कारणले गृहमन्त्रीलाई धन्यवाद दिन गएको हुनसक्ने उनले बताइन् । ‘तातो पानीले भरिएको डेक्चीको पानी खनिँदा सबैलाई पोल्छ, त्यो पनि विचार पुर्‍याउनुहोला,’ खतिवडाले भनिन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण सहित अन्य व्यक्ति पक्राउ परे लगत्तै कांग्रेसका केही नेता गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिन पुगेका थिए ।
खतिवडाको त्रास
कांग्रेसको संसदमा प्रस्तुति फितलो भएको भन्दै केन्द्रीय समिति बैठकमा चिन्ता व्यक्त गरिएको छ ।

केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले नेतृत्वमा रहेका मुख्य व्यक्तिहरु संसद कम जाने गरेको गुनासो गरे । ‘सभापति यदाकदा जाने गर्नुहुन्छ । उपसभापति दुई जना नै मन्त्री हुनुहुन्छ । महामन्त्री छिन छिनमा देखिनुहुन्छ, जानुहुन्छ,’ खतिवडाले भने, ‘प्रतिपक्षले संसद कसरी हल्लाउँछन् देख्नुभाछ?’

प्रत्येक दिन छलफल गरेर संसदमा जाने पार्टीको पद्धति हुने हो भने संसदमा दह्रो रुपमा प्रस्तुत हुन सकिने उनले बताए ।

कांग्रेस आफू आफू आरोप प्रत्यारोपमा लागेर कमजोर रहेको खतिवडाको ठम्याई छ । बैठकमा पार्टीमा देखिएको गलत प्रवृत्तिबारे खतिवडाले भने, ‘आफैभित्र चर्का कुरा गर्छौँ । गुटलाई प्रश्रय दिन्छौं । एकले अर्कोलाई आलोचना गरेर आफू महान बन्न खोज्छौं ।’

संस्थापनइतका नेता डा. शेखर कोइरालाले पार्टीभित्र सुझबुझपूर्ण राजनीति गरेको भन्दै खतिवडाले उनको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group