ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नंं १ पहिलो अधिवेशनको यस्तो छ तयारी


एबीसी न्यूज
२२ माघ २०७४, सोमबार   ९ : ५१   बजे

काठमाडौं, २२ माघ । प्रदेश नंं १ पनि आजै प्रदेशसभाको पहिलो बैठक बस्दैछ । बैठकको लागि सबै तयारी पूरा भएको छ । आज सोमबार हुने प्रदेश नं १ को पहिलो बैठकका लागि आइतबार जिल्ला समन्वय समितिको सभाकक्षमा पूर्व अभ्यास बैठक सञ्चालन गरिएको थियो ।

ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभा सञ्चालन गर्नुभएको बैठकमा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङबाट प्राप्त पत्र सुनाउँदै प्रदेशसभा सदस्यलाई स्वागत गर्नुभएको थियो।

उक्त अवसरमा ज्ञात अज्ञात शहीदको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।
उहाँले यही माघ २९ गते हुने प्रदेश सभामुख निर्वाचनका लागि आज सूचना जारी गर्न प्रदेश सचिवालयलाई आह्वान गर्दै आगामी माघ २९ गतेसम्मका लागि सदन स्थगित गरिएको जानकारी गराउनुभयो ।

पूर्वाभ्यास बैठकमा प्रदेशसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश सचिवालयका कर्मचारी, जिल्ला समन्वय समितिका कर्मचारी र सञ्चारकर्मीको सवैको सहभागिता रहेको थियो ।

प्रदेश नं १ को आज हुने पहिलो अधिवेशनको भव्य तयारी गरिएको छ । विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा दिउँसो १ बजेदेखि अधिवेशन सुरु हुनेछ । पहिलो अधिवेशन सञ्चालनका लागि तयारी पूरा भइसकेको संसद् सचिवालयका सहसचिव धु््रव घिमिरेले जानकारी दिनुभयो ।

प्रदेशसभा भवनको माथिल्लो भाग अर्थात रोस्टममा कार्पेट बिछ्याएर सभामुख, संसद् सचिव र कार्य व्यवस्थाको कुर्सी राखिएको छ ।
रोस्टमको मुनि भागमा निलो कार्पेट बिछ्याएर संसद् सदस्यको कुर्सी राखिएको छ । सभा भवनमा एकातर्फ सत्तापक्ष र अर्कोतर्फ प्रतिपक्षको कुर्सी राखिएको छ । त्यसको पछाडिको भागमा सञ्चारकर्मीको लागि कुर्सीको व्यवस्था गरिएको छ ।

सभा भवन साँघुरो भएकाले सञ्चारकर्मीलगायत आमन्त्रित व्यक्तिका लागि परिसरमै बस्ने व्यवस्था मिलाउन लागिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो । परिसरबाट टिभी वा प्रोजेक्टरमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको समेत आचार्यले बताउनुभयो ।

संसद भवन भित्र १ सय ५० जना अट्न सक्ने गरीे ब्यवस्थापन गरिएको र ९३ जना संसद रहेकोमा आजको लागि भने केही विशिष्ठ व्यक्तिहरु पनि सभाहलमा राखिने गरी ब्यवस्थापन गरिएको छ । संसद भवन प्रवेशमा ५ किसिमको परिचय पत्र लागू गरिएको छ ।

बैठक संचालन गर्ने बारेमा सर्वदलीय नै निर्णय गरिसकेको छ । बैठकको शुरुवाती अवस्थामा नै प्रदेश प्रमुखबाट प्राप्त पत्र बढेर सुनाईने      छ । सभामुखको सहयोगको लागि बिभिन्न दलबाट ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरिने, अधिवेशनमा शुभकामना मन्तब्य ७ जनाले राख्नेछन् ।
प्रदेशसभामा सहभागी दलहरुमध्येबाट ६ जना र १ जना स्वतन्त्र रहने संसद सचिवालयले जनाएको छ । वैठकले सभा संचालन सम्बन्धी अन्तरिम कार्यविधि पास गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group