ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्वीन्टल बढी सुन काण्ड पर्दाफासको तेस्रो दिन गृहमन्त्री विमानस्थलमा, सबै छानविन हुने दावी


ABC NEWS
५ श्रावण २०८०, शुक्रबार   २ : ११   बजे

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीबारेको छानबिन समितिले त्यसको जरामा पुगेर कारबाही र समाधान सुझाउने बताएका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखसहित विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे अनुगमनका क्रममा उनले विमानस्थलका सबै ठाउँमा प्रहरी राख्नु पर्ने बताएका छन् ।

श्रेष्ठले विमान अवतरणदेखि यात्रु–कर्मचारीको प्रवेश, तिनीहरूको हाते ब्याग र कार्गो निकासी प्रक्रियासम्मको अनुगमन गरेका थिए ।

सुन तस्करीबारे छानबिन गर्न राजश्व अनुसन्धान विभागले समिति बनाएको बताउँदै श्रेष्ठले अहिले सबै निकायले यसै समितिलाई सघाउने बताए।

गृहमन्त्री श्रेष्ठले विमानस्थल सम्बन्धित निकायले एकअर्काको कमजोरी देखाउने भन्दा पनि समन्वयात्मक र एकीकृत भएर काम गर्नुपर्ने भन्दै गृहमन्त्री रक्षात्मक रुपमा प्रस्तुत भए ।

विमानस्थलको भन्सारको जाँचपास प्रक्रियामा प्रहरीलाई पनि सहभागी गराउनेबारेमा सरकारले छलफल गरिरहेको श्रेष्ठले बताए ।

‘हामीले भन्सारका अधिकारीहरुलाई जाँचपासमा प्रहरी चाहिने नचाहिनेबारे सोधेका छौँ’, उनले भने, ‘उहाँहरूबाट प्रहरी राखे राम्रै हुने जवाफ दिनु भएको छ। मन्त्रिपरिषदमा पनि भन्सार जाँचपासमा प्रहरीलाई सहभागी गराउनेबारे छलफल गरेका छौँ। यसमा सरकारले निर्णय लिन्छ।’

मन्त्री श्रेष्ठसँग गृह मन्त्रालयका सचिव सहितका उच्च अधिकारीहरू, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभाग र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगायत कार्यालयका प्रमुखहरू पनि थिए।

विमानस्थल भन्सारबाट छिरेको १०० केजी सुन बुधबार अपरान्ह राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो। यसले विमानस्थल व्यवस्थापन, सुरक्षा, निकासी र भन्सार प्रक्रियाको त्रुटीको पोल खोलिदिएको थियो।

पछिल्लो सुनकाण्ढमा गृहमन्त्री र अर्थमन्त्रीको भूमिकामाथि जनस्तरबाट व्यापक आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group