ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४० मेगावाटको अपर चमेलिया जलविद्युत आयोजनाको उत्पादन परीक्षण सुरु


ABC NEWS
६ श्रावण २०८०, शनिबार   ५ : १४   बजे

धनगढी ६ साउन । निजी क्षेत्रको लगानीमा निर्माण सम्पन्न भएको ४० मेगावाटको अपर चमेलिया विद्युत् आयोजनाको उत्पादन परीक्षण सुरु भएको छ । अपि पावर कम्पनीले निर्माण गरेको उक्त आयोजनाले शुक्रबार उत्पादन परीक्षण सुरु गरेको हो । दार्चुलाको मार्मा गाउँपालिका-१ किमगडामा रहेको बाँधबाट ६ किलोमिटर तल वडा नम्बर २ को घट्टेगाडमा रहेको पावर हाउसमा पानी खसालेर परीक्षण सुरु गरिएको छ ।

शनिबारदेखि परीक्षणका रुपमा विद्युत् उत्पादन गरी वलांचस्थित सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाका प्रबन्ध निर्देशक संजीव न्यौपानेले भने, ‘६ हजार १ सय मिटर लामो पेन्सटक पाइपलाइन, तीनवटा टर्वाइन, जेनेटर र अन्य प्राविधिक उपकरण परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु भएको हो ।’ दुई सातापछि व्यावसायिक उत्पादन सुरु हुने पनि उनले जानकारी दिए ।

३० महिनामा ८ अर्ब ५० करोड लागतमा सम्पन्न भएको उक्त आयोजनाबाट उत्पादन भएको विद्युत् भारत-नेपाल क्रस बोर्डर प्रसारण लाइनमार्फत भारत जाने पनि प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिए । उनले भने, ‘वर्षभरि नै सुदूरपश्चिममा उत्पादन भइरहेको विद्युत्‌मध्ये ८० मेगावाट भारत बिक्री हुने सहमति भइसकेको छ ।’

उत्पादन परीक्षण सुरु भएको अपर चमेलियाबाहेक सुदूरपश्चिममा अन्य आधा दर्जन आयोजना पनि निर्माणको अन्तिम चरणमा छन् । ‘सुदूरपश्चिममा औद्योगिक सम्भावनाको ढोका खुलेको छ,’ निर्देशक न्यौपानेले भने, ‘विद्युत् आपूर्तिको अभाव देखाएर अहिलेसम्म सुदूरपश्चिममा ठूला उद्योग खुल्न सकेका छैनन् ।’ उक्त आयोजनासँगै निर्माणको अन्तिम चरणमा पुगेका आधा दर्जन आयोजनाले विद्युत् उत्पादन सुरु भएपछि औद्योगिक क्षेत्र पनि स्थापना हुन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group