ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले तोक्यो प्रदेशहरुको अधिवेशनको मिति


एबीसी न्यूज
८ श्रावण २०८०, सोमबार   ३ : ३९   बजे

काठमाडौं, ८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी बाहेक प्रदेशहरुको अधिवेशनको मिति तय गरेको छ । ‘गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी छ । अरू प्रदेशहरुले अधिवेशनको मिति तय गरिसक्यो’, केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले भने । उनका अनुसार, कोशी प्रदेशको अधिवेशन १२ /१३ असोजमा हुनेछ । मधेश प्रदेशले ५-६ असोज र बागमती प्रदेशले ८-९ असोजमा अधिवेशन गर्ने भएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले भदौभित्रै अधिवेशन गर्ने निर्णय गरेको छ । १६-१७ भदौमा लुम्बिनी, २९-३० भदौमा कर्णाली र २२-२३ भदौमा सुदूरपश्चिम प्रदेशले अधिवेशनको मिति तोकेको छ ।

अहिले कायम रहेको प्रदेश संगठन कमिटीले प्रथम अधिवेशनको मिति तोकेको हो । अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछ ।

प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई कोटामा प्रतिनिधि ल्याउने तयारी छ ।

प्रतिनिधि प्रक्रियाको चयन १५ साउनमा एमाले संगठन विभागले अभिलेखीकरण गर्ने सदस्यताको आधारमा हुनेछ । ‘पार्टी सदस्यको अन्तिम नामावली तयार भएपछि त्यसै आधारमा अधिवेशनको प्रतिनिधि चयन हुनेछ, प्रतिनिधि छनोट पनि त्यसैमा आधारित हुनेछ’, कार्यालय सचिव अधिकारी भन्छन् ।

एमालेले आउने एक वर्षभित्रै प्रदेश, जिल्ला र पालिका अधिवेशन गर्ने तालिका तय गरेको छ । त्यसअनुसार, सवैभन्दा पहिले प्रदेश अधिवेशन गर्ने तयारीमा पार्टी पंक्ति परिचालित भएको अधिकारी बताउँछन् ।

प्रदेशपछि जिल्ला र पालिका तहको अधिवेशन हुनेछ । त्यसका लागि एमालेले फरक भूगोलका नेताहरुलाई जिल्ला इन्चार्ज बनाएर पठाएको छ भने प्रदेशको इन्चार्ज पार्टी सचिवहरुलाई जिम्मा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिब्बत बाढी प्रभावितको राहत र उद्धारमा चिनियाँ राष्ट्रपति सीको निर्देशन

भोटेकोसी बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu