ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा ८० वर्ष पुग्नुभयो, पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्छ : चन्द्र भण्डारी


एबीसी न्यूज
९ श्रावण २०८०, मंगलबार   ६ : ०१   बजे

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरू सामूहिक रुपमा अगाडी बढ्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरू र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरू सामूहिक रूपमा अगाडी बढाउनुपर्ने बताएका हुन्।

‘म आग्रह गर्न चाहन्छु, आदरणीय पार्टी सभापति शेरबहादुरजी हुनुहुन्छ। ८० वर्ष पुग्न थाल्नुभएको छ। जोश जाँगर भएका उपसभापति र महामन्त्री हुनुहुन्छ अब उहाँहरूले नेतृत्व लिनुप¥यो,’ भण्डारीले भने, ‘भलै मैले चुनाव हारिसकेँ। हामी तपाईंहरूको पछाडी छौँ। तपाईंहरूको सहयोगी छौँ। तर तपाईंहरू अबदेखि सँगै हिँड्नुस्। मिटिङ राख्नुस्। एजेण्डा तयार गर्नुस्। तबमात्रै कांग्रेस बन्छ।’

उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्ने बताए। उनले उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न आग्रह गरे। उनले केन्द्रीय कार्यसमिति बैठकमा संस्थापनइतर समूहका नेताहरूलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरूलाई सदस्य बनाउन नसक्नेले अरुको प्रतिनिधित्व गर्न नसक्ने बताए।

‘तपाईंहरू उपसभापति बन्नुभयो, महामन्त्री बन्नुभयो। अहिलेसम्म तपाईहरू सँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैनरु हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस्। चाहे रामचन्द्रजी होस्। चाहे कृष्ण सिटौला होस्। चाहे शेखर कोइराला होस्,’ भण्डारीले भने, ‘हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो। आज भाषण गर्ने, बोल्ने, कुरा गर्ने तर सँगै बसेर संयुक्त रुपले झगडा नगर्दा यो भनाइ खाइरहनुपरेको छ।’

भण्डारीले एउटा टिम बनाएर अघि बढ्ने हो भने स्वागतका लागि समययले प्रतिक्षा गरिरहेको पनि बताए।

‘त्यसकारण म सुझाव दिन चाहन्छु तपाईंहरूले टिम बनाउनुस्। त्यो टिम बनाउनुभयो भने तपाईंहरूलाई समयले स्वागतका लागि प्रतिक्षा गरिरहेको छ। टिम बनाउनुस्। विचारका कुरा अगाडी ल्याउनुस्,’ उनले भने, ‘कसैले केही गरेर हुन्न। समयले तपाईंहरू युवाहरूको स्वागत गर्नका लागि पर्खिरहेको छ। हामीले आन्दोलन गर्न जान्यौँ। सत्ता चलाउन जानेनौँ।’

बीपी कोइराला पनि एक्लै कहीँ पुग्न नसकेको भन्दै आज केही प्रश्न उठाउन नसक्नेले भोलि अरको प्रतिनिधित्व गर्न नसक्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu