ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आकांक्षी धेरै भएपछि संसदीय दलको नेता चुन्न सकस


admin
२२ माघ २०७४, सोमबार   २ : ५७   बजे

सुर्खेत, २२ माघ । प्रदेश नं ६ मा कुनै पनि दलले अहिलेसम्म संसदीय दलको नेता चयन नगरेर बैठकमा सहभागी भएका छन् ।

प्रदेश नं ६ को पहिलो अधिवेशन बसिसक्दा पनि दलहरुले संसदीय दलको नेता चुन्न नसक्दा आइतबार भएको ऐतिहासिक प्रदेशसभाको बैठकमा सबै दलहरुको तर्फबाट प्रतिनिधिमूलक सहभागिता जनाइयो । यो प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

वाम गठबन्धनभित्रका दुई ठूला दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)मा आकांक्षी धेरै भएपछि प्रदेश सरकार गठन तथा संसदीय दलको नेताको नाम टुङ्गो लगाउन कठिन भएको छ । यी दुई दलबीच भएको सहमतिअनुसार एमालेको भागमा सभामुख र माओवादी केन्द्रको भागमा मुख्यमन्त्री परेको छ ।

आकांक्षीहरु बढेपछि संसदीय दलको पदाधिकारीका उम्मेदवार चयन गर्न पनि त्यत्तिकै सकस परेको छ । प्रथमतः संसदीय दलको नेता चयन गरेपछि मुख्यमन्त्रीको उम्मेदवार तय गरिने माओवादी केन्द्रका सांसद कृष्णा शाहले जानकारी दिनुभयो । “लगत्तै राष्ट्रियसभाको चुनाव भएकाले केही ढिला भएको हो, छिट्टै संसदीय दलको नेता तथा अन्य पदाधिकारी चयन गर्छौं”, उहाँले भन्नुभयो ।

माओवादीभित्र संसदीय दलको नेताका लागि जुम्ला प्रदेश (क) का प्रदेश सांसद नरेश भण्डारी र कालीकोटका प्रदेश (ख) प्रदेश सांसद तथा निवर्तमान ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले दाबी गरिरहेका छन् ।

प्रदेश नं ६ मा एमाले र माओवादी केन्द्रभित्र धेरै आकांक्षीका कारण सरकार तथा संसदीय दलको नेता तथा पदाधिकारी चयन प्रक्रिया लम्बिएको हो । प्रदेशसभाका बैठकले सभामुखको चयनको मुख्य कार्यसूची तय गरेपछि प्रमुख राजनीतिक दलका बीचमा समेत छलफल प्रारम्भ भएको छ । बाम गठबन्धनमा सभामुखका लागि यो प्रदेशमा एमाले र उपसभामुखमा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भएको छ ।

सभामुखमा एमालेबाट हेभिवेटका नेताले खासै इच्छा देखाएका छैनन् । यसअघिको संसदीय दलको बैठकबाट माओवादीलाई मुख्यमन्त्री नछोड्ने निर्णय गरेको एमालेले पार्टी केन्द्रको निर्णय बमोजिम माओवादी केन्द्रलाई मुख्यमन्त्री छोड्ने भएको हो ।

एमालेभित्र दलको नेताको टुङ्गो नलागी सभामुखको टुङ्गो नलाग्ने देखिएको छ । एमालेका हेभिवेटका सांसदहरु यमलाल कँडेल र प्रकाश ज्वालाले सभामुखभन्दा संसदीय दलको नेतामा बढी आकांक्षी भएकाले सभामुखको उम्मेदवार टुङ्गो नलागेको बताइएको छ ।

वरिष्ठ नेताको ध्यान दलको नेतामा भएकाले सभामुखमा भने एमाले मुगुका सांसद चन्द्रबहादुर शाहीले दाबी गर्नुभएको छ । ‘एकपटक प्रतिनिधिसभामा प्रतिनिधित्व गरिसकेकाले मेरो दाबी सभामुखमा रहेको छ’’, शाहीले भन्नुभयो ।

माओवादी केन्द्रले भने उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । उपसभामुख चयनका सम्बन्धमा छलफल जारी रहेको र केही दिनभित्रै उम्मेदवार चयन गरिने माओवादी केन्द्रका ६ नं प्रदेशका संयोजक मायाप्रसाद शर्माले जानकारी दिनुभयो ।

एमालेले सभामुखको नाम टुङ्गो लगाएपछि आफूहरुले पनि उपसभामुखको उम्मेदवार टुङ्ग्याउने शर्माले बताउनुभयो ।

माओवादी केन्द्रका तर्फबाट उपसभामुखमा रुकुमकी सांसद विमला केसी, सुर्खेतकी सांसद सीता नेपाली र जाजरकोटकी सांसद कृष्णा शाहले आकांक्षा व्यक्त गरेका छन् । सबैभन्दा कान्छो प्रदेशका रुपमा रहेको यो प्रदेशमा यही माघ २९ गते सभामुख चयन गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वीराजमार्गको छिर्कनेखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौंको सवारी जाम : समय, श्रम र अर्थतन्त्रमा बढ्दो भार

सम्बन्धित

नागरिकले अनुभूति गर्ने विकासमा केन्द्रित हुन कर्णाली सरकारलाई पूर्वमुख्यमन्त्रीहरूको सुझाव

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

कर्णालीलाई अभावको थलो होइन, समृद्धिको केन्द्रका रूपमा हेर्नुपर्छ : प्रदेश प्रमुख जोशी

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu