ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कामदारमाथि हुने शोषणमा शून्य सहनशिलता नीति लागु गर्नुपर्ने


admin
२२ माघ २०७४, सोमबार   ३ : ३४   बजे

काठमाडौं, २२ माघ । संयुक्त राष्ट्रसंघीय बिशेष दूत फिलिपे गोन्जालेज मोरालेसले वैदेशिक रोजगारमा जाने कामदारसँग शुल्क लिने र शोषण गर्नेमाथि शून्य सहनशिलताको नीति लिनुपर्ने बताउनुभएको छ ।

वैदेशिक रोजगारमा जाने नेपाली कामदारको मानव अधिकारको पक्षमा नेपालले चालेका कदमको अध्ययन गर्न आएका बिशेष दूत मोरालेसले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी यस्तो बताउनुभएको हो ।

उहाँले नेपालले कामदारलाई शून्य लागतमा पठाउने नीतिको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने समेत बताउनुभयो । उहाँले ७ वटा प्रमुख गन्तव्य देशमा शून्य लागतमा कामदार पठाउन लिएको नीतिलाई कमजोर रुपमा लागू गर्नुको साथै यसको अनगुमन प्रभावकारी नभएको धारणा पनि राख्नुभयो ।

कामदारसँग विभिन्न शिर्षकमा शूल्क लिने कार्यलाई पूर्णरुपमा प्रतिबन्ध गरिनुपर्ने भन्दै उहाले विभिन्न क्षेत्र र सीपमा काम गर्न जाने कामदाराको करारपत्र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।

मोरालेसले गन्तव्य देश जानुभन्दा अगाडिको पूर्व तयारी तालिमलाई सुधार र वृद्धि गर्नुपर्ने बताउदै सरकारले श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागको कार्यक्षमता बढाउनका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्ने बताउनुभयो । ८ दिने भ्रमण सकेर उहा सोमबार नै राष्ट्र संघ फर्कनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group