ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी काममा सामूहिक भाव हुनुपर्छ : उपाध्यक्ष पौडेल


एबीसी न्यूज
१४ श्रावण २०८०, आइतबार   ४ : ०९   बजे

काठमाडौं, १४ साउन । नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी काममा सामूहिक भाव हुनुपर्ने बताउनुभएको छ ।

नेकपा एमालेका तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिलाई नेपालगञ्जमा आयोजित प्रशिक्षणमा उहाँले पार्टीभित्र झागिँदै गएको व्यक्तिवादी प्रवृत्तिलाई निरुत्साहित पार्दै सामूहिक भावका साथ काम गर्नतर्फ जनप्रतिनिधि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

“नेकपा एमाले ख्याल ख्यालमै बनेको पार्टी होइन, यो जनताले विश्वास गरेको पार्टी हो”, उपाध्यक्ष पौडेलले भन्नुभयो, “हिजोआज पार्टीका सिपाही कर्तव्यबाट विमुख बन्न थालेका छौँ, सबैले आत्मसमीक्षा गरेर जिम्मेवारी बहन गरौँ ।” उहाँले विगतमा भएका कमजोरीलाई सच्चाउँदै पार्टीले उठाउने हरेक उम्मेदवारमा कार्यकर्ताले आफ्नो भविष्य देख्ने गरी सम्पूर्ण पार्टीपङ्क्ति सामूहिक भावका साथ पार्टी निर्माण अभियानमा होमिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय आकांक्षाको प्रतिनिधित्व गर्न, संविधान र राष्ट्रिय हितको रक्षासहित सामाजिक न्यायसहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अगाडि लैजाने गरी जनतासमक्ष पुग्न नेता पौडेलको आग्रह
थियो ।

उहाँले पार्टी सरकारमा रहँदा यिनै विषयलाई कार्यक्रम बनाएर अगाडि बढेको र प्रतिपक्षमा रहँदा यसका लागि दबाबसहितका कार्यक्रम गरेर बलियो राष्ट्रिय शक्ति बनेको विषयलाई जनतासमक्ष पु¥याउनुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि सहभागी प्रशिक्षण कार्यक्रममा आज महासचिव शङ्कर पोखरेलले समेत प्रशिक्षण दिने नेकपा ९एमाले० प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अस्ट्रेलियाले नेपालमा राहत सामग्री र उद्धार जनशक्ति पठाउने

भोटेकोशी प्रभावित क्षेत्रमा केही दिन वर्षाको सम्भावना, उद्धारकर्मीलाई सतर्क रहन आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu