ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेश : मुख्यमन्त्रीको शपथपछि आजै मन्त्रिमण्डल विस्तार हुने, २ जनाले निरन्तरता पाउँदा २ आउट !


एबीसी न्यूज
१७ श्रावण २०८०, बुधबार   ८ : ४३   बजे

काठमाडौ साउन १७ । कोशी प्रदेशमा पहिलो चरणमा ४ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी भएको छ ।मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनमा अदालतको आदेशबाट बर्खास्तीमा परेपछि पुनः मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।थापाले आजै कांग्रेसबाट एक, एकीकृत समाजवादीबाट एक र माओवादीबाट एक जनालाई मन्त्री नियुक्ति गर्ने तयारी गरेका छन् ।मुख्यमन्त्री थापाले भने साढे १० बजे पद तथा गोपनीयताको शपथ खाँदैछन् ।

उनले पद तथा गोपनीयताको शपथ खाएसँगै थप तीन जनालाई शपथ खुवाउने तयारी भएको छ ।एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट मन्त्री बन्नेको नाम फाइनल भए पनि माओवादीमा भने अझै कसलाई मन्त्री बनाउने भन्ने निर्णय भइसकेको छैन ।कांग्रेसबाट प्रदीप सुनुवार पुन मन्त्री हुने छन् । ओखलढुङ्गा १ ९१० बाट विजयी भएका सुनुवार यस अघि पनि उद्धव थापा नेतृत्वको सरकारमा सहभागी थिए ।यस्तै एकीकृत समाजवादीबाट भने कलमप्रसाद जवेगु पनि मन्त्री हुँदै छन् ।

उनी पनि अदालतले बरखास्त गरेको सरकारमा मन्त्री भएका थिए ।मावादीबाट भने कसलाई मन्त्री बनाउने भन्नेमा अझै टुङ्गो लागिसकेको छैन । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएको थियो । तर उनलाई मन्त्री बनाउने की पुरानैलाई निरन्तरता दिने भन्ने विषयमा माओवादी भित्र कुरा मिलिसकेको छैन । पहिलो चरणमा बाबुरामलाई नै मन्त्री बनाएर जाने तयारी भएको माओवादी स्रोतले जनाएको छ । यसअघिको असंवैधानिक भनिएको मन्त्रिपरिषदमा सहभागी भएका जीवन आचार्यले यस पटक भने मन्त्री बन्न रहर नगरेको देखिएको छ । सरकार दिगो जान्छ की जाँदैन भन्नेमा छ ।

दिगो सरकारमा मन्त्री भएर के गर्न’ भन्ने मुडमा आचार्य पुगेको उनी निकटहरू बताउँछन् ।आचार्यले मन नगरे पहिलो चरणमा गौतम नै माओवादीबाट मन्त्री हुने छन् । माओवादी सांसद राजेन्द्र कार्कीले केन्द्रीय कमिटीको बैठक सकेपछि मात्रै कसलाई मन्त्री बनाउने भन्ने विषयमा टुङ्गो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group