ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ


एबीसी न्यूज
१८ श्रावण २०८०, बिहिबार   १ : २०   बजे

काठमाडौं, १८ साउन । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को पहाडी क्षेत्रको जनसङ्ख्या घट्दो क्रममा रहेको छ । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका सेवा सुविधा खोज्दै जिल्लाको पहाडी भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढेसँगै राजमार्गले छोएका स्थानीय तहमा जनसङ्ख्याको चाप बढेको हो ।

पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि दुईवटा स्थानीय तहको जनसङ्ख्या ऋणात्मक देखिएको छ । बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दश वर्षको अवधिमा घटेको छ भने हुप्सेकोट गाउँपालिकाको जनसङ्ख्या पनि विस्तारै घट्दो क्रममा रहेको छ । मुख्य राजमार्गले छोएका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दश वर्षमा बढेको देखिन्छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार जिल्लाको पहाडी क्षेत्रमा रहेको बौदीकाली र बुलिङटार गाउँपालिकाको वृद्धि दर ऋृणात्मक रहेको छ । तथ्याङ्क कार्यालय नवलपुरले दिएको जानकारीअनुसार बौदीकालीको जनसङ्ख्या वृद्धिदर ऋणात्मक तीन दशमलव १४ र बुलिङटारको जनसङ्ख्या वृद्धिदर ऋणात्मक दुई दशमलव ५७ रहेको छ ।

विसं २०६८ को राष्ट्रिय जनगणनामा १९ हजार एक सय २२ जनसङ्ख्या रहेको बुलिङटार गाउँपालिकाको जनसङ्ख्या १० वर्षमा घटेर १४ हजार छ सय ३७ पुगेको छ भने २०६८ मा १५ हजार सात सय ३४ जनसङ्ख्या रहेको बौदीकालीको जनसङ्ख्या १० वर्षमा घटेर ११ हजार तीन सय ३८ पुगेको छ ।

त्यसैगरी मुख्य राजमार्गले नछोएको अर्को स्थानीय तह हुप्सेकोट गाउँपालिकाको जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ५६ प्रतिशत मात्रै रहेको छ । विसं २०६८ को जनगणनामा २५ हजार ६५ जनसङ्ख्या रहेको हुप्सेकोटको जनसङ्ख्या १० वर्षपछि २०७८ मा २६ हजार पाँच सय ८३ पुगेको हो ।

यता पूर्व पश्चिम राजमार्गले छोएका स्थानीय तहको जनसङ्ख्या भने पछिल्लो १० वर्षमा बढेको देखिएको छ । जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकाको जनसङ्ख्या वृद्धिदर जिल्लामा सबैभन्दा बढी छ । राष्ट्रिय जनगणना २०७९ अनुसार तीन दशमलव १७ प्रतिशत वार्षिक वृद्धिदर रहेको कावासोतीको जनसङ्ख्या ८६ हजार आठ सय २१ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ मा कावासोती नगरपालिकाको जनसङ्ख्या ६२ हजार चार सय २१ रहेको थियो ।

जनसङ्ख्या बढ्ने स्थानीय तहको दोस्रो नम्बरमा देवचुली नगरपालिका देखिएको छ । दुई दशमलव ९७ प्रतिशत वार्षिक वृद्धिदर रहेको देवचुलीको जनसङ्ख्या ५८ हजार तीन पुगेको छ । विसं २०६८ मा देवचुलीको जनसङ्ख्या ४२ हजार ६३ रहेको थियो । दुई दशमलव ८७ प्रतिशत वार्षिक वृद्धिदर रहेको गैँडाकोट नगरपालिकाको जनसङ्ख्या २०७९ मा ७९ हजार तीन सय ४९ पुगेको छ । यहाँ दश वर्ष अगाडि ५८ हजार आठ सय ४१ जनसङ्ख्या रहेको थियो ।

त्यसैगरी राष्ट्रिय जनगणना २०७९ अनुसार मध्यविन्दु नगरपालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर एक दशमलव १६ प्रतिशत रहेको छ । विसं २०६८ को जनगणनामा ५४ हजार एक सय ४० जनसङ्ख्या रहेको यो नगरपालिकाको जनसङ्ख्या दश वर्षमा बढेर ६१ हजार ९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group