ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाम जोडिएका माओवादी नेताले छानबिन माग गरी विज्ञप्ति जारी गर्नुस्


एबीसी न्यूज
१९ श्रावण २०८०, शुक्रबार   २ : ००   बजे

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने विषय उठान भएको छ ।

आजको बैठकमा प्रतिनिधिसभाका सांसद समेत रहेका केन्द्रीय सदस्य लेखनाथ दाहालले सम्पत्ति छानबिनका लागि अधिकार सम्पन्न आयोग गठनको माग गरेका हुन् ।

उनले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई साथ दिँदै सुन प्रकरणलगायतमा नाम जोडिएका नेताले छानबिनको माग गर्दै विज्ञप्ति जारी गर्नुपर्ने माग गरेका छन् ।

“सरकारको भ्रष्टाचारविरोधी अभियानलाई साथ दिनुपर्छ । नाम जोडिएको कमरेडहरुले अनुसन्धान गरी पाउँ भनी सरकारसँग माग गरेर विज्ञप्ति जारी गर्नुपर्यो,” उनले बैठकमा भनेका छन् ।

सुन तस्करी प्रकरणमा माओवादीका उपाध्यक्ष समेत रहेका प्रवक्ता कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुनको नाम समेत जोडिन पुगेको छ ।

उनले आन्तरिक प्रतिस्पर्धामार्फत सबै कमिटी निर्माण गर्ने ढोका यही बैठकबाट खोल्न समेत माग गरेका छन् । उनले पार्टीभित्र देखिएका सबै खाले अराजक–अनुशासनहीन, गुटग्रस्त मानसिकता त्याग्नुपर्ने पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu