ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डका दाहिने हात मानिने, दिपशिखा, सरल सहयात्री र रहबर अन्सारीले बैठकमा के भने ?


ABC NEWS
२१ श्रावण २०८०, आइतबार   ७ : ४४   बजे

काठमाडौं २१ साउन । नेकपा माओवादी केन्द्रको चौथो बैठक गत ४ दिनदेखि जारी छ । ४ दिनमा दुई सय बडी केन्द्रीय सदस्य बोलिसकेका छन् । बैठक भन्दा पहिले प्रत्यक्ष प्रसारण गर्ने भनिएकोमा प्रचण्डकै दाहिने हात मानिने युवाहरु रामप्रसाद सापकोटा, सरल सहयात्री लगायतले विरोध गरेपछि प्रचण्ड पछि हटेका थिए । तर प्रचण्डलाई अहिले पनि थकथक लागेको छ वैठक प्रत्यक्ष प्रसार गर्न नपाएकोमा ।
शनिबारको बैठकमा पार्टीका उपमहासचिवद्धय बर्षमान पुन र जनार्दन शर्माले कतै प्रचण्डले आफूहरुलाई टाढा धकेल्न थालेका त होइनन् भन्नेमा गम्भीर चिन्ता र दुखेससो पोखेका थिए ।
आफूले गुटवन्दी नगरेको वर्षामानको प्रष्टीकरण – ‘बांकी जीवन पार्टीकै लागि ‘

जनार्दनको प्रचण्डप्रति लिखित गुनासो : अध्यक्षले नै ‘एउटै पार्टी र गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउन नहुने बारेमा बोल’ भनेर आफू बोलेको प्रष्टीकरण ‘
शनिबारको बैठकमा दिपशिखा, सरल सहयात्री र विरगंजका सम्वाना बोकेका युवा नेता रहबर अन्सारीले स्थायी समितिलाई कडा आलोचना गरे । प्रचण्डको समर्थन गर्दै उनीहरुले स्थायी समितिले केन्द्रीय समितिलाई अवमूल्यन गरेको आरोप लगाए ।
‘माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय कमिटी भूमिकाविहीन भएको बताएका छन्।

राजधानीमा जारी माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सापकोटाले पार्टीको स्थायी कमिटीमा सबै काम हुने बताए।

‘स्थायी समिति बहुप्रतिभाशाली, बलशाली, बाहुबली छ,’ उनले भने, ‘स्थायी समिति आफैं प्रश्न तयार पार्छ, आफैं उत्तर दिन्छ, आफैं नम्बर दिन्छ र पास दिन्छ।’

उनले केन्द्रीय सदस्यहरू भूमिकाविहीन देखिएको र तलका कार्यकर्ताले अनिच्छापूर्वक ताली बजाइरहेको टिप्पणी गरे।

नेता सापकोटाले सरकार, पार्टी र नेताहरूविरूद्ध आएका विषयको प्रतिवाद गर्न केन्द्रीय सदस्यहरूलाई आग्रह पनि गरे।

‘अहिले सरकारका कामले हामी सबैमा उर्जा आएको छ। यो उर्जा बचाएर पार्टी संगठनमा रूपान्तरण गर्ने हो भने हामी ११ लाख मत थप्न सक्छौं,’ स्थायी कमिटी सदस्यहरूप्रति लक्षित गर्दै उनले भने, ‘नेताहरूले पनि गल्ती गरेको भए त्यो छोड्नु हुँदैन। तर सरकारविरूद्ध व्यापक मोर्चाबन्दी छ। तपाईंहरू सरकारको प्रतिरक्षा गर्ने कमाण्डर बन्नुस्। तपाईंहरू अध्यक्षसँगै दौडिनुस्, दौडिनुभएन भने हामी महाधिवेशनमा ओभरट्याक गर्छौं।’

केन्द्रीय सदस्य रहबर अन्सारीले लामो इतिहास र आन्दोलन बोकेको माओवादी पार्टी नयाँ आएका पार्टीसँग डराउन नहुने बताएका छन्।

काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रममा उनले नयाँ आएका दलहरूसँग सशंकित हुनुपर्ने बताएका हुन्।

‘जनयुद्धमा रातो रगत बगाउन नडराएको माओवादी नीलो बससँग डराउन हुँदैन,’ उनले भने।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महिलाहरूका लागि निःशुल्क बस सञ्चालन गरेका छन्। जसको नाम ुब्लू बसु राखिएको छ।

त्यसतर्फ इंगित गर्दै उनले जनताको हक हित र अधिकारका लागि लामो संघर्ष गरेर आएको माओवादी केन्द्र डराउन नहुने बताएका हुन्।

तर, पार्टीलाई रूपान्तरण गर्न आवश्यक रहेको उनको भनाइ छ। ‘पार्टी नोकिया फोन जस्तो भयो, तर जमाना स्मार्ट फोनको आयो,’उनले भने।

जमानत जफत भएकाहरूको पनि कमिटी बनाउनुपर्ने उनले बताए।

सरल सहयात्री पौडेलले पार्टी बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ भनेर प्रश्न उठाएका छन्।

काठमाडौंमा जारी चौंथो केन्द्रीय कमिटीको चौंथो दिनको बैठकमा नेताहरु जिल्ला नगएको भन्ने केन्द्रीय सदस्यहरु प्रति लक्षित गर्दै पौडेलले यस्तो प्रश्न उठाएका हुन्।

पौडेल माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष समेत हुन्। उनले अहिले माओवादी सफल कि अवशानको चुनौतिपूर्ण मोडमा रहेको बताए।

‘आशा र सपना मरेपछि जागरण पनि मर्दो रहेछ,’ बैठकमा पौडेलले भने,‘अहिले हामी सफल र अवसानको चुनौतिपूर्ण मोडमा छौं।’

बैठकमा पौडेलले अहिले पुरानो प्रचण्ड र प्रचण्डपथ जाग्नुपर्ने बेला भएको धारणा राखे। ‘हामीलाई पुरानो प्रचण्ड जागेको हेर्न मन छ,प्रचण्डपथ जागेको हेर्न मन छ,’ उनले भने।

केन्द्रीय सदस्य पौडेलले विधान सम्मेलन वा महाधिवेशनबाहेक अरुबेला संसोधन हुन नसक्ने खालको विधान बनाउन पनि सुझाव दिएका छन्।

पार्टी विधिमा चल्नुपर्ने बताउँदै उनले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर चाकडी गर्नेले बाहिर के गर्छ त्यो पनि हेरिनुपर्ने बताए।

‘बालुवाटार गएर चाकडी गर्नेले बाहिर के गर्छ ? बैठकमा आलोचना गर्नेले फिल्डमा के गर्छ त्यो पनि हेरिनु पर्छ,’ पौडेलले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group