ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा नाकाबाट एक चेलीको उद्धार


admin
२४ माघ २०७४, बुधबार   ९ : ५०   बजे

कपिलवस्तु, २४ माघ । सीमा नाका कृष्णनगरबाट यहाँ एक चेलीको उद्धार गरिएको छ । 

मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआई नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार पुनः कपिलवस्तुकी एक किशोरीको उद्धार गरेको हो । यहाँको बुद्धभूमि नगरपालिका बस्ने १९ वर्षीया एक किशोरी भारतको बलरामपुर जाँदैगर्दा सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो ।

विश्वकर्माका अनुसार निज चेली घरमा कुनै जानकारी नदिई भारतको बलरामपुर जाँदैगर्दा सीमाबाट उद्धार गरिएको हो । उद्धारपश्चात् आवश्यक सोधपुछ गर्दा बाबाले सधैँ मदिरा सेवन गरेर कुटपिट गर्ने र घरमा आर्थिक अवस्थासमेत कमजोर रहेका कारण भारततिर जान लागेको निज चेलीले बताएको विश्वकर्माले बताउनुभयो ।

भारत जाँदा आउन सक्ने जोखिमलाई हेरी निजका अभिभावक बोलाई आवश्यक प्रक्रिया पु¥याई निज चेलीलाई आत्मनिर्भर बनाउने उद्देश्यले केआई नेपालको सुरक्षित आवासगृह चितवनमा विभिन्न सीप सिकाउनका लागि रिफर गरिएको विश्वकर्माले जानकारी दिनुभयो ।

विश्वकर्माका अनुसार जोखिममा रहेका चेलीलाई सीप उपलब्ध गराई व्यवसायमा समेत सहयोग गर्ने हुँदा धेरै चेलीको जीवनमा सकारात्मक परिवर्तन आएको देख्दा गर्व महसुश हुने बताउनुभयो । करिब एक महिनाको अवधिमा चारजना चेलीको विभिन्न जोखिमबाट उद्धार गरी केआई नेपालको सुरक्षित आवासगृहमा पठाइएको संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group